काठमाडौ महानगरको विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णयको विरोधमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले काठमाडौ महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्ष गुणराज मुक्तानले ज्ञापनपत्र बुझाउदै वडा अध्यक्ष नै स्वतः व्यवस्थापन समिति अध्यक्ष हुने प्रावधान खारेज गरेर अभिभावक मार्फत व्यवस्थापन समिति अध्यक्ष चयन हुने व्यवस्था गर्न माग गरेको छ । ज्ञापनपत्र बुझ्दै महानगरका उप प्रमुख सुनिता डंगोलले छलफल गर्ने वचन दिनु भएको छ ।