रोशी सहकर्मी–जेठ २५,
२०७७,काभ्रे/

विदेशबाट काभ्रे आउने नागरिकलाई काठमाडौँको बसुन्धरामा रहेको यति पार्टी प्यालेसमा होल्ड गरिने भएको छ । बाग्मती प्रदेशले विदेशबाट काभ्रे आएका नागरिकलाई बसुन्धराको यती पार्टी प्यालेसमा केही बेर होल्ड गरेपछि जिम्मा लगाउने छ ।

जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार त्यहाँ होल्ड भएका काभ्रेलीलाई धुलिखेल नगरपालिकाले धुलिखेलमा रहेको सञ्जिवनी नमूना माविको क्वारेन्टाइन स्थलमा ल्याउने व्यवस्था मिलाएको छ । त्यसपछि सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइने व्यवस्था मिलाएको जनाएको छ ।

आजको बैठकले सम्बन्धित पालिकालाई एक जिप र एक बस भने तयारी अवस्थामा राख्न भनिएको छ । साथै उक्त व्यवस्थापनका लागि २४ सै घण्टा सेनाको विष्णु दल गणका सेनानी प्रकाशकुमार उप्रेतीको सम्पर्कमा रहन भनिएको छ ।

Facebook Comments