रेडियो रोशी,
काभ्रे जिल्लाको रोशी गाउँपालिकाले लम्पि स्कीन रोगका कारण मृत्यु भएका पशुवस्तुहरुको विवरण संकलन गरी राहत उपलब्ध गराउने भएको छ । गाउँपालिकाको गत साउन २६ मा बसेको १५ औ कार्यपालिका बैठकको निर्णय अनुसार किसानलाई राहत बितरणका लागि मृत्यु भएका पशुवस्तुहरुको विवरण संकलन थालिएको हो ।
गाउँपालिकाले एक सुचना जारी गर्दै भदौ २७ गते भित्रमा आवश्यक कागजातहरुः सम्बन्धित कृषकको सम्पर्क सहितको निवेदन , नागरिकताको प्रमाण पत्रको प्रतिलिपि , सम्बन्धित वडाको सिफारीस पत्र , बसाई सरी आएको व्यक्तिको हकमा बसाईसराईको दर्ता प्रमाण पत्रको प्रतिलिपि , मरेका पशुको फोटो (फोटो नभएमा पाँच जनाको नागरिकता सहितको सर्जमिन मुचुलका) , प्रहरी चौकीको स्थलगत सर्जमिन मुचुल्का र फिल्डमा खटिएका पशु सेवा प्राविधिकको सिफारीस (पशु बिमा नगरेको वा म्याद सकिएको पशुवस्तुका लागिमात्र) सहित गाउँपालिको पशु सेवा शाखामा निवेदन दिनुहुन गाउँपालिकाले सम्पुर्णमा अनुरोध गरेको छ ।