Friday, July 17, 2026
Date
शुक्र, साउन १, २०८३
Fri, July 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा स्वास्थ्य सम्बन्धी बार्षिक समिक्षा गोष्टी शुरु

RadioRoshi by RadioRoshi
आइतवार, भदौ १०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा स्वास्थ्य सम्बन्धी बार्षिक समिक्षा गोष्टी शुरु
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी÷काभ्रे,

रोशी गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य संस्थाहरूको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक समिक्षा गोष्ठी शुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्टिको आईतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले शुभारम्भ गर्नुभएको हो ।
आइतबार गाउँपालिका अध्यक्ष लामाले दुई दिने गोष्टिको उद्घाटन गर्दै बार्षिक समिक्षापछि आगामी उत्तम कार्ययोजना तयार पार्नको लागि शुभकामना व्यक्त गर्नुभयो । ‘आर्थिक बर्ष २०७९÷०८० मा लक्ष अनुसार काम गर्न सक्यो कि सकेन । कुन कुन कुरामा सफल भयो भन्ने कुरामा राम्रोसँग समिक्षा गर्नुहोला ।’ लामाले भन्नुभयोे, ‘समिक्षाबाट आगामी स्वास्थ्य सम्बन्धी एउटा कोशेढुंगा सावित हुने खालको कार्ययोजना बनाउनुहोला ।’ जनतासँग प्रत्यक्ष पहिलो पंत्तीमा जोडीने सेवा स्वास्थ्य सेवा भएकाले प्रभावकारी र जनपक्षीय काम गर्नको लागि स्वास्थ्य संस्थाका प्रमुखहरूलाई लामाले अग्रह गर्नुभएको थियो ।
रोशी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरूले अन्य क्षेत्रको भन्दा राम्रो काम गरेको भन्दै प्रशंसासहित आगामी दिनमा पनि अझ राम्रो काम गर्नको लागि अनुरोध गर्नुभएको छ । राम्रो काम गर्नको लागि गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्यकर्मीहरूको क्षमता बिकासका लागि गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने लामाको भनाई थियो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने


सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले दिगो बिकास हाशिल गर्नको लागि स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यसम्पादनमा रोशी गाउँपालिकाको नतिजा राम्रो भएको र आगामी दिनमा अझै राम्रो गर्नको लागि स्वास्थ्य क्षेत्रबाट अब्बल काम गर्नको लागि तामाङले आग्रह गर्नुभएको छ ।
बालमैत्री पालिका घोषणा गर्नको लागि केही सूचकहरू स्वास्थ्यमा पनि पर्ने भएकाले सूचकहरू पूरा गर्ने गरी काम गर्न उनले जोड दिनुभयो । जनताले अनुभूति गर्नेगरी काम गर्नको लागि आग्रह गर्दै गाउँपालिका राजमार्ग आसपासमा रहेकाले त्यलाई पनि मध्यनजर गर्दै जनताको नजिक रहेर काम गर्न तामाङले स्वास्थ्य शाखालाई निर्देशन दिनुभयो ।


त्यसरी नै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य निरिक्षक दिपेन्द्रकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा काम गर्दै गर्दा विगतमा भएको गल्ती कमजोरीलाई सुधार्न छलफल मार्फत समिक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्नुपर्ने बताए । गल्ती कमजोरीलाई सुधार्ने र राम्रो कामलाई प्रोत्साहन गर्दै अगाडी बढ्नुपर्ने उनको जोड थियो ।
गोष्टी आईतबार र सोमबार दुई दिन चल्ने स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिका भित्रका भित्र १५ वटा स्वास्थ्य संस्था रहेको र सो संस्थाका प्रमुखहरू गोष्टिमा सहभागी भएको श्रेष्ठले जानकारी दिनुभयो । दुईदिन चल्ने सो गोष्टीमा गत आर्थिक बर्षको समिक्षा र आगामी बर्षको कार्ययोजना तयार पार्ने उनको भनाई छ । १५ वटै स्वास्थ्य संस्थाको कार्ययोजनालाई समिक्षा गरेर शाखाले भावी कार्ययोजना तयार पार्ने श्रेष्ठले जानकारी दिनुभयो ।


समिक्षा गोष्टीको उद्घाटन कार्यक्रममा रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प.हे.निरिक्षक हरिकला थापा लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

रोशीमा लम्पि स्कीन रोगबाट मृत्यु भएका पशुवस्तुहरुको विवरण संकलन

Next Post

प्रेस युनियन काभ्रेको सातौ जिल्ला अधिवेशन सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
प्रेस युनियन काभ्रेको सातौ जिल्ला अधिवेशन सम्पन्न

प्रेस युनियन काभ्रेको सातौ जिल्ला अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

शिखर बचत तथा ऋण सहकारी संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न

शिखर बचत तथा ऋण सहकारी संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न

शनिबार, पुस २८, २०८०
सौर्य एयरको जहाज दुर्घटनामा क्याप्टेनको जीवितै उद्धार,१८ जनाको मृत्यु

सौर्य एयरको जहाज दुर्घटनामा क्याप्टेनको जीवितै उद्धार,१८ जनाको मृत्यु

बुधबार, साउन ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.