Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज १६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

रासस– काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ। चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ। नगरको छ विद्यालयमा एक अङ्कमा विद्यार्थी सङ्ख्या रहेको पाइएको हो भने केहीमा जम्मा १४ जना हाराहारीमा विद्यार्थी सङ्ख्या रहेका छन्। विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अत्यन्त कम विद्यार्थी रहेका सामुदायिक विद्यालय नजिकका विद्यालयमा गाभ्न (मर्ज)को तयारीमा रहेको जनाइएको छ।
पाँचखाल –१३ स्थित गङ्गा प्राथमिक विद्यालयमा एक शिक्षक र दुई विद्यार्थी, ८ नं वडास्थित जनज्योति प्राविमा दुई शिक्षक र चार विद्यार्थी, ११ नं वडास्थित धरणी प्राविमा एक शिक्षक र पाँच विद्यार्थी तथा समाज सुधार प्राविमा दुई शिक्षक र पाँच विद्यार्थी, वडा नं ९ को सरस्वती प्राविमा दुई शिक्षक र चार विद्यार्थी र ६ नं वडास्थित भमरकोट हिमालय प्राविमा तीन शिक्षक र छ विद्यार्थी हाल अध्ययनरत छन् । यी विद्यालयमा कूल ११ शिक्षकले २६ विद्यार्थीलाई शिक्षण गरिरहेका हुन्।
नगर शिक्षा शाखाले विद्यालयमा अत्यन्त न्यून विद्यार्थी सङ्ख्या हुँदा अध्यापनमा निकै असहज अवस्था आएकाले शिक्षक व्यवस्थापन तथा दरबन्दी मिलानसम्बन्धी मापदण्डको आधारमा विद्यालय मर्ज गर्ने तयारी भइरहेको जनाएको छ। ‘हामीले विद्यार्थी न्यून रहेका विद्यालय नजिकको विद्यालयमा मर्ज गर्ने तयारी गरिरहेका छौं, त्यसका लागि विद्यालयसमेत छनोट भइसकेको छ,’ शिक्षा शाखा प्रमुख उदय कोइरालाले भन्नुभयो ।
उँहाको अनुसार सात प्रावि तथा एक आधारभूत विद्यालय मर्जको तयारी गरिएको हो। नगर शिक्षा समितिले मर्ज गर्ने विद्यालयका विषयमा कार्यपालिकामा पेश गरिसकेको कोइरालाले बताउनुभयो । उनका अनुसार अन्य दुई विद्यालयमा चार शिक्षक र २८ विद्यार्थी रहेपछि ती विद्यालय पनि मर्जको तयारीमा रहेका छन्। पाँचखाल नपा–१२ को नारायण प्राविमा दुई शिक्षक १४ विद्यार्थी र वडा नं ६ को झिङ्गना प्राविमा दुई शिक्षक र १४ विद्यार्थी रहेकाले यिनीहरुको समेत मर्जको तयारी गरिएको हो।
शिक्षा शाखाका अनुसार नारायण प्राविको समायोजन नजिकको आजाद माध्यमिक विद्यालय र झिङ्गना प्राविको समायोजन जोरपाटी माविमा गरिने भएको छ। अन्य मर्ज तगर्ने तयारी भइरहेकामा गङ्गा प्रावि जागृति आधारभूत विद्यालयमा, धरणी प्रावि गङ्गादेवी आधारभुत विद्यालयमा, सरस्वती प्रावि पलाञ्चोक भगवती माविमा, जनज्योति प्रावि जनता माविमा, समाज सुधार प्रावि भगवती प्राविमा र भमरकोट हिमालय प्रावि जोरपाटी माविमा समायोजन हुने जनाइएको छ।
नगरले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालय गाभ्ने तयारी गरेको जनाएको हो। शिक्षा समितिले पनि विद्यार्थी–शिक्षकको अनुपात नमिलेका पाँचखालका विद्यालय विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा समायोजन गर्न कार्यपालिकासमक्ष सिफारिस गरेको जनाएको छ।
मर्जर प्रक्रिया सकिएपछि पाँचखाल नगरमा ३० विद्यालय हुनेछन् । जसमध्ये १३ माध्यमिक विद्यालय, चार आधारभूत विद्यालय र १३ प्रावि रहनेछन्। नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान छ।
यस्तै नियमावलीमा प्राविमा शिक्षक एक, प्राविमा ५० जनासम्म विद्यार्थी भएमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा तीन जना, निम्न माध्यमिक विद्यालयमा चार जना र कक्षा १ देखि ८ सम्म सञ्चालन भएको आधारभूत विद्यालयमा कम्तीमा सात जना शिक्षक रहने व्यवस्था छ।

Previous Post

पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

Next Post

पनौती नगरमा योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
पनौती नगरमा योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा

पनौती नगरमा योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

दिवङ्गत पितृको सम्मानमा देशभरका शिवालयमा शतबीज छरिँदै

पितृको सम्मानमा आज देशभरका शिवालयमा शतबीज छरिँदै

सोमवार, मंसिर २५, २०८०

रोशी ९ पिन्थली स्थित महाकाली प्रा.वि का बिधार्थीलार्ई स्टेसनरि प्रदान

सोमवार, मंसिर १०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.