काभ्रे,
बडा दसैँको अवसरमा सरकारी बिदा आजबाट सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् । ६ दिने दशैं बिदा सकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ । दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा दशैं विदाको अन्त्यसँगै चहलपहल बढेको छ । दसैंको टीका भने कोजाग्रत पूर्णिमासम्मै लगाइन्छ । हिजो र अस्ती विभिन्न कारणले मान्यजनकोमा टीका जमरा लगाउन नपाएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पुगेर टीका लगाउने गर्छन् ।
आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् । आज १० बजे कार्यालय आउनेहरु हिजो बिहिबार नै गन्तब्यमा पुगिसकेका छन् । विशेष गरी बसाईसराई,नोकरी र अध्यन लगायत विभिन्न सिलसिलामा आफ्नो पुख्र्यौली थलो बाहिर रहेकाहरु दशैं मनाउँन घर फर्कने गर्दछन् ।