रोशी सहकर्मी–साउन ९,
२०७७,रामेछाप/

रामेछाप नगरपालिकाका १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बुधबार स्वाब सङ्कलन गरि पठाइएको रामेछाप नगरपालिकाका १३ जनाकै पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका निमिक्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।

यसैबिच जिल्लाका २५ कोरोना संक्रमित मध्ये २३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने २ जनाको आईसोलेसनमा उपचार भैरहेको कर्णले जानकारी दिए । जिल्लामा हालसम्म ५ सय ३० जनाको पीसीआर र ८ सय ९२ जनाको आडीटी विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । उनका अनुसार हालसम्म ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र ७१ जना पुरुष गरि ७४ जना क्वारेन्टिनमा रहेका छन् । यसैगरी जिल्लामा ८९ बेडको आइसोलेशन कक्ष रहेको छ भने ५ सय ९ बेडको क्वारेन्टिन रहेको छ ।

Facebook Comments