रोशी सहकर्मी–साउन २२,
२०७७,काभ्रे/

नेपाली कांग्रेसका पुर्व सांसद तिर्थ लामाले दूई तिहाईको सरकारले गरेको काम सम्पूर्ण जनताले बुझिसकेको बताए । बुधबार सामाजिक अभियन्ता पवित्रा लामालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट पार्टि प्रवेश गराउँदै रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा लामाले दुई तिहाईको काम जनताले बुझिसकेको र अब नेतृत्वको बाघडोर नेपाली कांग्रेसले नै सम्हाल्ने बताए । सम्पूर्ण नेपालीको मन र मस्तिष्कमा नेपाली कांग्रेस नै रहेको उनको तर्क थियो ।

पूर्व सांसद तीर्थ लामाले समाज रुपान्तरणको क्षेत्रमा सक्रिय पवित्रा लामाको पार्टी प्रवेशप्रति खुशी व्यक्त गरेका छन् । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको भन्दै पवित्राको बुलंद आवाजले गाँउ गाँउ र बस्ती बस्तीमा विभिन्न समसमायिक विषयको मुद्दा उठाउने आशा व्यक्त गरे । कांग्रेसको भूमिका लोकतन्त्रमा निकै महत्वपूर्ण रहेको र सम्पूर्ण विषयलाई सुचीकृत गर्दै अगाडि लग्ने विश्वास समेत उनले दिलाए । भविष्यमा कांग्रसको अगुवाईमा देश विकसित हुने प्रतिबद्वता जनाए ।

यस्तै नेपाली कांग्रेस ललितपुर जिल्ला सदस्य ललिता खनियाँले पवित्रा लामा जस्तै प्रभावशाली युवा अभियन्ताको पार्टी प्रवेश काँग्रेस अझ बलियो हुने बताइन् । उनले पवित्राको काँग्रेस प्रवेशप्रति खुशी व्यक्त गरिन् । राष्ट्रियताको काममा सदैव नेपाली कांग्रेसले अग्रसर रहेको उनले बताइन् । अहिलेको सरकार तानाशाही पद्वतीको सरकार रहेको भन्दै दूई तिहाईको सरकारले निकै ज्यादती गरिहरहेको आरोप लगाइन् । नेकपाको सरकारले सुख र सम्रिद्वि ल्याउँछु भन्दै जनतालाई ठगेको आरोप लगाइन् ।

काँग्रेस प्रवेश गरेकी सामाजिक अभियन्ता पवित्रा लामाले अब देशको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने आवश्यकता औल्याइन् । नेपाली काँग्रेसले देशमा घटिरहेको घटना र बेथितीलाई उठाइरहेको र जिम्मेवार राजनीतिक दल भएकाले आफू आवद्ध भएको बताइन् । लोकतन्त्र बचाउन सम्पूर्ण युवा पुस्तालाई नेपाली कांग्रेसमा आवद्व हुन आग्रह समेत गरिन् । काभ्रे जिल्ला इकाई सभापति नारायण थोकरले अभियन्ता पवित्र लामाले पार्टी प्रवेश गरेकोमा स्वागत गरेका थिए ।

Facebook Comments