काभ्रे,
काभ्रे जिल्लाकै विकट क्षेत्र महाभारत गाउँपालिका वडा नम्बर ६ बनखुमा पहिलोपटक केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले हिजो वडा नम्बर ६ बनखुको लगभग ४ सय घरमा शाखालाइन चार्जको परिक्षण सफल भएको जानकारी दिनुभएको छ । आज वडा नम्बर ३ र ७ मा शाखालाइन चार्ज गरीने उँहाले बताउनुभयो । यो सँगै उज्यालो महाभारतको सपना सफलताको विन्दुमा अघि बढेको अध्यक्ष जिम्बाले बताउनुभयो ।
यसले समृद्ध महाभारतको यात्रालाई महत्वपुर्ण योगदान पुग्ने अध्यक्ष जिम्बाको भनाई छ । उँहाको अनुसार वडा नम्बर ३, ४, ५ मा विद्युतीकरण सम्पन्नको चरणमा पुगेको छ भने चालु आर्थिक वर्षभित्र वडा नम्बर १, २ र ८ मा पनि विद्युतीकरण सम्पन्न गर्ने पालिकाको योजना छ । केन्द्रिय विद्युत लाइनमा केहि समस्या भए जानकारी गराउन समेत उँहाले आग्रह गर्नुभएको छ ।