रोशी सहकर्मी–साउन २६,
२०७७,काभ्रे/

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन पालिकाभित्रका पाँच वटा वडालाइ शिल गरेको छ । आज एक सुचना जारी गर्दै प्रमुख प्रशासकिय अधिकृत भिमराज कोइरालाले अर्को सुचना नआए सम्मको लागि उक्त वडा शिल गरिएकोे जानकारी दिएका छन् । हेलम्भु गाउँपालिका वडा नं. १ का स्थानिय एक जनामा गत २२ गते बिहिबार गरेको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको थियो ।

उक्त संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा वडा नं. ३, ४, ५, ६ र ७ का संभावित व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षनको क्रममा रहेकोले रिपोर्ट नआए सम्मको लागि गाउँपालिका भित्रका पाँच वडा शिल गरिएको कोईरालाले जानकारी दिएका छन् ।

उक्त क्षेत्रभित्रका सर्बसाधारण नागरिकहरुलाई अर्को सुचना नआए सम्मका लागि अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगरी आफ्नै घरमा सुरक्षित रहन गाउँपालिकाले आग्रह गरेको छ ।

Facebook Comments Box