काभ्रे,
युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकालले हालसम्म आफु सुरक्षित रहेको बताएका छन् । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ बस्ने सिद्धार्थ ढकालले आफु हालसम्म सुरक्षित रहेको तर पछि के हुन्छ भनेर भन्न सकिदैन,म रिहा हुन्छु कि हुदिनँ थाहा छैन भनेका छन् । तीन महिनाअघि अध्ययनका लागि मस्को गएका २२ वर्षीय ढकाल रुसी सेनामा भर्ना भएका थिए ।
मंसिर १८ गते युक्रेनी सेनाले भिडिओ सार्वजनिक गरेसँगै उनी युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको थियो । युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका हुन् । उनीहरुले रुसी सेनामा भर्ना भएका आफ्ना केही साथीहरु मारिएको बताएका छन् ।