काभ्रे,
गुरुङ समुदायले आज ‘तमु ल्होछार’ पर्व धुमधामका साथ मनाउँदैछन् । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होछार भन्नाले नयाँ वर्ष बुझिन्छ । गुरुङ समुदायले नयाँ वर्षका रूपमा पनि मनाउने गर्छन् । आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन गुरुङ समुदायमा छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको जानकारहरू बताउँछन् । सरकारले तमु ल्होछारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ
‘तमु ल्होछार’ का अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना दिँदै राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।