यश कुमार परियार–भदौ १२,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज थप २९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बनेपाको भैसेपाटीमा रहेको स्पाईनल ईन्जुरी अस्पतालका २७ जना, शिर मेमोरीयल अस्पतालका १ जना र भुम्लु गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

यो सँगै काभ्रेमा कोरोना संक्रमित हुनेको संख्या २ सय १९ पुगेको छ । ८१ जना व्यक्तिहरु उपचार पछि निको भईसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

Facebook Comments