काभ्रे,
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका भेगका मजदुरहरुको भकुन्डेबेशी बजारमा निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । नमोबुद्ध र रोशी उद्योग बाणिज्य संघको पहल एवं जनस्वास्थ्य शाखा धुलिखेलको सहयोगमा यहि पौष २३ गते सोमबारका दिन उद्योग ,कलकारखाना ,होटल,निर्माण कार्य लगायतमा काम गर्ने नमोबुद्ध र रोशी भेगका मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिन लागिएको हो । निःशुल्क स्वास्थ्य परिक्षणमा सहभागी भई मौकाको फाईदा लिनुहुन सम्पूर्ण मजदुरहरुलाई अनुरोध गरिएको छ ।