Monday, June 1, 2026
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, पुस २१, २०८०
in Roshi Khabar E-Paper
0
डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा ललितपुरमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ । सोही स्थानमा काठमाडौं जिल्ला समिति र ललितपुर दुग्ध व्यवसायी समितिको पनि वार्षिक साधारणसभा संयुक रुपमा सम्पन्न भएको जानकारी काठमाडौं जिल्लाका अध्यक्ष अजित बजगाईंले जानकारी दिंदै नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो वार्षिक साधारण सभा र ललितपुर दुग्ध व्यवसायी समितिको १०औ वार्षिक साधारण सभा एकै स्थान एउटै कार्यक्रमा समेटेर गरियोको बताए । कार्यक्रम ललितपुर जिल्लाको महालक्ष्मीस्थानमा रहेको डिलाईट पार्टी भेन्युमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेको सभापतित्व एवं प्रमूख अतिथि बागमती प्रदेश सभाकी माननीय उपसभामुख अप्सरा चापागाईंको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, पशुसेवा विभागका प्रभाष पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रिय सल्लाहकार ज्ञानेन्द्र बजगाईं, पूर्व अध्यक्ष सुमित केडिया, रैथाने एग्रो प्रा।लि का शंकर गौतम , नेपाल डेरी एसोसिएसन केन्द्रिय पदाधिकारीहरु उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, सह कोषाध्यक्ष रामभक्त दाहाल, सदस्यहरुमा नवराज तिमल्सिना, शिव घिमिरे, रविसरण थापा, रमेश सञ्जेल, निराजन कोइराला लगायतको आतिथ्यता रहेका थियो ।
कार्यक्रममा बागमति प्रदेश, ललितपुर दुग्ध व्यवसायी समिति र काठमाडौं जिल्ला समितिका पदाधिकारीहरु एवं सदस्यहरु, दुग्ध उत्पादक किसान, सरोकारवाला निकायका प्रतिनिधिहरु, पत्रकारहरु र एसोसिएसनका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सहजीकरण बागमती प्रदेशका सचिव श्याम घिमिरेले गरेका थिए भने नेपाल डेरी एसोसिएसनको गित सुनाउँदै सबैलाई स्वागत गरिएको थियो । कार्यक्रममा स्वगत मन्तव्य एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष अजित बजगाईंले गरे भने प्रमूख अतिथि उपसभामुखले पानसमा बत्ती बाली कार्यक्रमको उट्घाटन गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै रैथानेका शंकर गौतमले आजको कार्यक्रममा स्थान दिइएकोमा एसोसिएसनलाई आभार प्रकट गर्दै मोही अभियानमा डेरी एसोसिएसनको ठूलो सहयोग रहेको बताए ।
बागमती प्रदेश, काठमाडौं जिल्ला र ललितपुर समितिको संयुक्त कार्यक्रममा देखिएको रौनकतालाई खुशी व्यक्त गर्दै दुग्ध व्यवसायीको हालको पिडा र समस्याबारे स्पष्ट पार्दै यो समस्या हल गर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गर्दै नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले आफ्नो भनाई राख्नु भयो ।
एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले हाल दुध तथा दुग्ध पदार्थ मौज्दात रहेको र त्यो समस्याको समाधानका लागि केन्द्र र प्रदेश सरकारले पहल गरि छिटोभन्दा छिटो समाधान निकाल्नुपर्ने बताउनु बताउँदै नेपाल डेरी एसोसिएसन आफैं बंगलादेशमा बजार खोज्न गई त्यहाँ धुलो दुध निर्यात गर्न सक्ने गरि आफूहरुले पहल गरेको कुरा अध्यक्ष दाहालले बताए।
कार्यक्रममा दुग्ध क्षेत्रमा योगदान पु¥याउने पत्रकार, दुग्ध व्यवसायी र किसानलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा दिर्घ सेवा सम्मान – २०८० बाट एसोसिएसनका पूर्व केन्द्रिय सदस्य बद्रि प्रसाद ढकाल, उत्कृष्ट डेरी सम्मान कुमार तिमल्सिना, माता मनकामना डेरी उद्योग, बनेपा–८, सिनागाल, काभ्रे र दुग्ध क्षेत्रलाई माया गरि विभिन्न समाचार सम्प्रेषण गरि समस्यालाई उजागर गरि डेरी क्षेत्रमा सहयोग गर्ने पत्रकार नबराज बजगाईं नव क्षितिज साप्ताहिक काभ्रे, डेरी क्षेत्रलाई धेरै माया गर्ने पत्रकार मधुसुदन गुरागाईं काभ्रे, शिखर श्रेष्ठ सानदार मिडियालाई पनि सम्मान गरियो भने नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानलाई साथ दिई नेपाल डे्री एसोसिएसन र रैथाने एग्रो पडक्टस प्रा.लि. बिच भएको सम्झौता अनुसार प्रत्येक शनिबार दरवारमार्गमा स्थानिय रैथाने उत्पादनको हाट बजारमा निःशुल्क मोही पिलाउने अभियानमा साथ दिई अभियानलाई मोही अभियन्ताका रुपमा कार्य गर्नु हुने शिव आचार्यलाई पनि सम्मान गरिएको थियो भने मोही अभियानमा दहि उपलब्ध गराउने एसोसिएसनका सदस्यहरु क्रमशः टिका प्रसाद घिमिरे, टिका डेरी उद्योग, ताल्छिखेल, ललितपुर, रवि शरण थापा, कागेश्वरी डेरी, कुमारीगाल, काठमाडौं, संचालक रमेश सञ्जेल, रश्मी एण्ड रोजन डेरी, हात्तिवन, ललितपुर, संचालक दिपक सञ्जेल, भैंसेपाटी डेरी सेन्टर, भैसेपाटी, ललितपुर, संचालक दिप प्रसाद धमला, धमला डेरी प्रडक्ट्स, घट्टेकुलो, संचालक नवराज तिमल्सिना, काभ्रेली दुग्ध सागर प्रा।लि, घट्टेकुलो, संचालक शिव घिमिरे, ढुंखर्क डेरी, शान्तिनगर, संचालक चेतनाथ दाहाल, विन्धवासीनी डेरी उद्योग, बुढानिलकण्ठ,। संचालक जिवन धमला, कामधेनु डेरी प्रा।लि।, भक्तपुर, संचालक कृष्ण प्रसाद सञ्जेल, पानोरमा डेरी, ताल्छिखेल, ललितपुर, संचालक हुद्धराज तिमल्सिना, श्री महालक्ष्मी डेरी, महालक्ष्मीस्थान, संचालक दिपक ढुंगाना, ड्रागन डेरी उद्योग, नुवाकोट, संचालक प्रकाश मुडभरी, अर्जुन डेरी फर्म, नुवाकोट, संचालक मधु न्यौपाने, मधु डेरी सप्लायर्स, नुवाकोट, संचालक श्याम घिमिरे, पलाञ्चोक डेरी उद्योग, सुकेधारा, संचालक ध्रुव तिवारी, खुशी डेरी उद्योग, लामाबगर, काठमाडौं, संचालक दिपक तिमल्सिना, संगम डेरी, भैंसेपाटी, संचालक ज्ञानेन्द्र बजगाईं, बजगाईं डेरी उद्योग, पोखरा–२६, कास्कीलाई पनि प्रंशसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्तव्य दिने क्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र यादवले डेरीका हरेक समस्या दुग्ध किसानको अस्तित्वसंग गाँसिएको हुन्छ। त्यसकारण सरकारले दुग्ध क्षेत्रको समस्यालाई सधैं गम्भीरताका साथ लिइएको हुन्छ । किसान बिना कसैको घरमा भान्सा चल्दैन। किसान सम्मानित हुन र यस्तो सम्मनानीत पेशाको सबैले सम्मान र गौरव गर्नु पर्ने कुरा बताए ।
मन्तव्यको क्रममा रैथाने एग्रो प्रा।लिका शंकर गौतम नेपाल डेरी एसोसिएसनसंग गरिएको सम्झौता अनुसार प्रत्येक शनिबार रैथाने कृषि उत्पादन हाट बजारमा निःशुल्क दहि उपलब्ध गराई प्रत्यक्ष मोही तुलाई निःशुल्क वितरण गर्ने काम नेपाल डेरी एसोसिएसनको एकदमै सह्रायिन काम गरेको र मोहीअभियानमा एसोसिएसन संधै अगाडि बढेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि साथसाथै जाने कुरा बताए ।
पशुसेवा विभागका प्रभाष पौडेले एसोएिसनको निमन्त्रणाको प्रतिनिधित्व गर्दै कार्यक्रमको सफलताको शुभकामना दिंदै पशुसेवा विभाग सधैं यहाँहरुले गरेको कार्यमा साथ दिन तयार रहेको बताए । । एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले हालको परिस्थितिलाई सम्बोधन गर्न सबै एकजुट भई हार नमानी अघि बढ्नुपर्ने बताउँदै एसोसिएसनले आफ्नो आवाजलाई बुलंद बनाउँदै जान र सरोकार निकायसँग सहकार्य गर्न अनुरोध गरे ।
प्रमूख अतिथि माननीय उपसभामुख अप्सरा चापागाईंज्यूले आज डेरी एसोसिएसनको कार्यक्रममा सहभागी भएर डेरी सम्बन्धि धेरै कुरा जान्ने मौका मिलेको बताइन । आज सुनेका समस्या र भएको अप्ठ्यारो परिस्थिति समाधान निकाल्नका लागि आफू जहिले पनि एसोसिएसन र किसानको साथमा रहेको कुरा बताउँदै सबैलाई हौसला प्रदान गरिन । अन्त्यमा एसोसिएसन बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई साथ र सहयोग दिएकोमा अन्तर मनबाटै खुशी भएको बताउँदै डेरी क्षेत्रको यो कठिन अवस्थाबाट बचाउन सबैलाई आग्रह गरे।
अन्त्यमा आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न अनुरोध गर्दै उपाध्यक्ष ध्रुव तिवारीले सबैलाई धन्यवाद दिए । बन्द सत्रमा सबै जिल्लाका अध्यक्षले आ(आफ्ना भनाई राखेका थिए भने अहिलेले समस्या माथि छलफल भएको थियो ।
एसोसिएसनले निर्णय नै गरेर एसोसिएसनका कार्यक्रममा खाना र मायाको चिनो दुग्ध पदार्थ नै वितरण गर्ने गरेकोले यहाँ पनि उपस्थित सबै अतिथिहरुलाई मायाको चिनोमा दुग्ध पदार्थ नै वितरण गरिएको एसोसिएसन बागमती उपाध्यक्ष गोपाल तिमल्सिनाले बताए ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

Previous Post

मेथिनकोट अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापन गर्न पूर्वअभ्यास

Next Post

यहि पौष २३ गते नमोबुद्ध र रोशी भेगका मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिँदैै

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
यहि पौष २३ गते नमोबुद्ध र रोशी भेगका मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिँदैै

यहि पौष २३ गते नमोबुद्ध र रोशी भेगका मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिँदैै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

अभिभावक बाहेक अरुलाई विव्यस नेतृत्वमा राख्न नसकिने व्यवस्था यथावत राख्न सरकारको प्रस्ताव

अभिभावक बाहेक अरुलाई विव्यस नेतृत्वमा राख्न नसकिने व्यवस्था यथावत राख्न सरकारको प्रस्ताव

बुधबार, भदौ २७, २०८०
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले काठमाडौ महानगरपालिकालाई ज्ञापनपत्र बुझायो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले काठमाडौ महानगरपालिकालाई ज्ञापनपत्र बुझायो ।

सोमवार, साउन ८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.