यश कुमार परियार–भदौ १५,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । संक्रमितहरु ध्ुलिखेल अस्पतालका कर्मचारी ४ जना, धुलिखेल नगरपालिकाका १ जना र भुम्लु गाउँपालिकाका १ जना रहेको डा. झाले जानकारी दिए ।

यसैबिच हिँजो ११ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । धुुलिखेलमा यस अघि संक्रमित भएको परिवारबाट ६ जनामा संक्रमण पुष्टि भएको हो । एउटै परिवारका ५६, ४६, ६४ बर्षका पुरुष र १३ बर्षिय बालिका, २५ र ३७ बर्षका महिलामा कोरोना पुष्टि भएको हो । यस्तै शिर मेमोरियल अस्पतालका विरामी र स्वास्थ्यकर्मी ३ जना, भुम्लु गाउँपालिकाका १ जना र नमोबुद्ध नगरपालिका वडा नं २ का ४० वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए ।

यसैबिच नमोबुद्ध नगरपालिकाका संक्रमित पुरुष विगत लामो समय देखि बनेपामा वसोवास गर्दै आएको र हाल उनि घरमै होम आईसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । उनको स्वाव संकलन मेथिनकोट अस्पतालमा भएपनि उनि नगरपालिकाको सिघ्र सम्पर्कमा नरहेको नगरपालिकाले जनाएको छ ।

यो सँगै काभ्रेमा २ सय ७५ जना कोरोनाबाट संक्रमित भईसकेका छन् । ति मध्ये १ सय ७० जना व्यक्तिहरु विभिन्न अस्पताल र होम आईसोलेसनमा उपचार भईरहेको डा. झाले जानकारी दिए । यस्तै संक्रमित मध्ये १ सय ३ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments