Tuesday, January 27, 2026
Date
मङ्ल, माघ १४, २०८२
Tue, January 27, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बागमतीमा काभ्रेका शेरबहादुर लामा सहित ५ जना मतदाता अनुपस्थित

RadioRoshi by RadioRoshi
बिहिबार, माघ ११, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
बागमतीमा काभ्रेका शेरबहादुर लामा सहित ५ जना मतदाता अनुपस्थित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा ५ जना मतदाता अनुपस्थित भएका छन् । हेटौंडा उपमहानगरपालिका–४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा बागमती प्रदेशसभाका २ र स्थानीय तहका ३ गरी ५ जना मतदाता अनुपस्थित भएका निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ ।
११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् । स्थानीय तहका २३७ जना मतदातामा २३४ जनाले मतदान गरेका छन् ।
काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेरबहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी भएनन् । काठमाडौ महानगरपालिकाको मेयर बालेन शाह पनि मतदान गर्न हेटौंडा आएनन् ।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन भएकाले स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता हुनुपर्नेमा २३७ मतदाता कायम थिए । २३७ मतदातामध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ प्रहरीको फरार सूचिमा रहेकाले अनुपस्थित भएका छन् । उनलाई चेक अनादर मुद्दामा फरार छन् ।
यसैगरी, बागमती प्रदेश सभातर्फ हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्की अनुपस्थित भएका छन् ।
बागमतीमा एमालेबाट रामचन्द्र राई र दिलकुमारी रावल, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको रिक्त पदमा निर्वाचन भएको हो । राई अपांगता÷अल्पसंख्यक, रावल महिला, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए । बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा छन । सत्ता गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबातर्फबाट चार, नेकपा एमालेबाट चार, राप्रपाबाट तीन र नेपाल मजुदर किसान पार्टी बाट ४ गरी १५ जना उम्मेदवार छन् ।
गठबन्धनमा कांग्रेसबाट अन्य क्लस्टरमा ललितपुरका जीतजंग बस्नेत, महिला क्लस्टरमा काठ्माडौंकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् । माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।
नेकपा एमालेबाट अन्यमा काठ्माडौंका विवेक देवकोटा, महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा धादिङका ध्रुव विश्कर्मा र अपाङ्ग क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार रहेका छन् । राप्रपाको अन्य क्लस्टरमा काठ्माडौंका हेमजंग गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्ट उम्मेदवार छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपाली उम्मेदवार रहेका छन् ।
निर्वाचनको नतिजा मतभारका आधारमा टंगो लाग्नेछ । मतदाता रहने प्रदेश सभा सदस्यको ५३ मतभार र स्थानीय तह प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको मतभार १९ हुनेछ । मतदान सम्पन्न भएकाले मतगणनाको काम अगाडि बढाइएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।–अनलाईन खबर

You might also like

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

Previous Post

भाइरल ज्वरोका कारण मुगु जिल्लामा ३ जनाको मृत्यु

Next Post

मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
Next Post
मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नसर्ने रोगका बिरामीहरु पहिचान गर्दै बेथानचोक गाउँपालिका

नसर्ने रोगका बिरामीहरु पहिचान गर्दै बेथानचोक गाउँपालिका

बिहिबार, असार १४, २०८०
चौंरीदेउरालीमा मोटरसाईकल दुर्घटना हुँदा रोशीका कुमार लामाको मृत्यु

चौंरीदेउरालीमा मोटरसाईकल दुर्घटना हुँदा रोशीका कुमार लामाको मृत्यु

बिहिबार, जेष्ठ ३१, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.