Wednesday, August 5, 2026
Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बागमतीमा काभ्रेका शेरबहादुर लामा सहित ५ जना मतदाता अनुपस्थित

RadioRoshi by RadioRoshi
बिहिबार, माघ ११, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
बागमतीमा काभ्रेका शेरबहादुर लामा सहित ५ जना मतदाता अनुपस्थित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा ५ जना मतदाता अनुपस्थित भएका छन् । हेटौंडा उपमहानगरपालिका–४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा बागमती प्रदेशसभाका २ र स्थानीय तहका ३ गरी ५ जना मतदाता अनुपस्थित भएका निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ ।
११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् । स्थानीय तहका २३७ जना मतदातामा २३४ जनाले मतदान गरेका छन् ।
काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेरबहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी भएनन् । काठमाडौ महानगरपालिकाको मेयर बालेन शाह पनि मतदान गर्न हेटौंडा आएनन् ।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन भएकाले स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता हुनुपर्नेमा २३७ मतदाता कायम थिए । २३७ मतदातामध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ प्रहरीको फरार सूचिमा रहेकाले अनुपस्थित भएका छन् । उनलाई चेक अनादर मुद्दामा फरार छन् ।
यसैगरी, बागमती प्रदेश सभातर्फ हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्की अनुपस्थित भएका छन् ।
बागमतीमा एमालेबाट रामचन्द्र राई र दिलकुमारी रावल, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको रिक्त पदमा निर्वाचन भएको हो । राई अपांगता÷अल्पसंख्यक, रावल महिला, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए । बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा छन । सत्ता गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबातर्फबाट चार, नेकपा एमालेबाट चार, राप्रपाबाट तीन र नेपाल मजुदर किसान पार्टी बाट ४ गरी १५ जना उम्मेदवार छन् ।
गठबन्धनमा कांग्रेसबाट अन्य क्लस्टरमा ललितपुरका जीतजंग बस्नेत, महिला क्लस्टरमा काठ्माडौंकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् । माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।
नेकपा एमालेबाट अन्यमा काठ्माडौंका विवेक देवकोटा, महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा धादिङका ध्रुव विश्कर्मा र अपाङ्ग क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार रहेका छन् । राप्रपाको अन्य क्लस्टरमा काठ्माडौंका हेमजंग गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्ट उम्मेदवार छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपाली उम्मेदवार रहेका छन् ।
निर्वाचनको नतिजा मतभारका आधारमा टंगो लाग्नेछ । मतदाता रहने प्रदेश सभा सदस्यको ५३ मतभार र स्थानीय तह प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको मतभार १९ हुनेछ । मतदान सम्पन्न भएकाले मतगणनाको काम अगाडि बढाइएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।–अनलाईन खबर

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

भाइरल ज्वरोका कारण मुगु जिल्लामा ३ जनाको मृत्यु

Next Post

मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीका जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण

रोशीका जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण

शुक्रबार, चैत्र २४, २०७९
गृहिणीहरुलाई लक्षित गर्दै बनेपामा कौसी खेती तालिम सञ्चालन

गृहिणीहरुलाई लक्षित गर्दै बनेपामा कौसी खेती तालिम सञ्चालन

बिहिबार, फाल्गुन ४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.