रोशी सहकर्मी–भदौ २५,
२०७७,काभ्रे/

काभ्रे जिल्ला फुटबल संघले १ सय ७७ जनाको कोरोना बिमा गरिदिएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध जिल्ला फुटबल संघ काभ्रेको पहल र अगुवाइमा जिल्ला संघमा दर्ता भएका फुटबल क्लवहरूका खेलाडी, प्रशिक्षक, रेफ्री र पदाधिकारी गरी जम्मा १ सय ७७ जनाको रु एक लाख बराबरको निःशुल्क विमा गरेको हो ।

विमा कम्पनीलाई प्रिमियमको रकम भुक्तानीका निमित्त क्लबहरूको हकमा सम्बन्धित क्लवहरूले ५० प्रतिशत र बाँकी ५० प्रतिशत जिल्ला फुटबल संघले व्यहोर्ने छ । प्रशिक्षक, रेफ्रि र पदाधिकारीहरूको सम्पुर्ण बिमाङ्क रकम भने जिल्ला फुटबल संघको योगदानमा बिमा गरिएको जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

यस बिषम परिस्थितिमा पनि फुटबल खेल प्रती सधै सकारात्मक रहेर योगदान गरी रहेका खेलाडी, प्रशिक्षक, रेफ्रि र पदाधिकारीहरूको मनोबल उच्च राख्न बिमा गरेको श्रेष्ठले जानकारी दिए ।

Facebook Comments