Friday, June 5, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाका हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

RadioRoshi by RadioRoshi
शनिबार, फाल्गुन १९, २०८०
in काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
वाल्टिङ्गका हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० वाल्टिङ्गमा अवस्थित हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हायु समुदायको सांस्कृतिक सामग्री हायु समुदायलाई हस्तान्तरण गर्नुभएको हो ।
हिजो शुक्रबार हायु समुदायले विभिन्न कार्यमा प्रयोग गर्ने सांस्कृतिक सामग्री ढोल दुई थान, झ्याम्टा २ जोर, खोडा २ जोर, धनुस र तीर २ जोर, घण्टा एक जोर, पुजारी पोषाक एक सेट र महिला र पुरुष हायु पोषाक गहनासहित १० सेट हस्तान्तरण गरिएको हो । दुई लाख बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।
भूमेस्थान हायु समाजको आयोजनामा तथा रोशी गाउँपालिकाको सहयोगमा सामग्री हस्तान्तरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको एक मात्र स्थान वाल्टीङमा भएको हायु समुदायको संरक्षणको लागि गाउँपालिकाले सहयोग गरिरहेको र गरिरहने बताउनुभयो ।
हायु समुदायको संस्कृति राज्यको सम्पती भएकाले सम्पतीको संरक्षण र संवर्धन राज्यले गर्नुपर्ने भएकाले स्थानीय सरकारले त्यो दायित्व पूरा गरीरहेको लामाले बताउनुभयो । ‘हाम्रो समाज विविधतायुक्त छ । चाहे जातीय रुपमा होस, चाहे भाषिक रुपमा होस र चाहे सांस्कृतिक रुपमा विविधतापूणर् छ तैपनि हामी एकताबद्ध भएर बसेका छौँ ।’ लामाले भन्नुभयो, ‘यो विविधतायुक्त नेपाली समाजको भाषा, धर्म, संस्कार, संस्कृति हामी सबैको सम्पती हो । राज्यको सम्पती हो । यसलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ ।’ हायु एकता समाजका केन्द्रिय अध्यक्ष लक्ष्मण हायुले हायु समुदायको अभिभावक भनेको सरकार हो र त्यो अनुभुति रोशी गाउँपालिकाले दिलाएको बताउनुभयो । बिकासको सूचांकको हिसाबले हायु समुदाय पछाडी परेको र यस समुदायलाई उठाउँन राज्यले सहयोग गर्नुपर्ने उनले बताए ।
हायु समुदायको आफ्नै भाषा, लिपी र संस्कृति रहेको उँहाले बताउनुभयो । ती चिजहरू लोप हुदै गएकोले हायु समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने उँहाको भनाई छ ।
रोशी–१० का वडाध्यक्ष विकेन लामाले हायु समुदायको बिकासको लागि वडाले सकेको वडाले र नसकेको गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । अब हायु समुदायले आफ्नो भाषा पनि सिक्नुपर्ने उनको भनाई छ । हायु भाषा सिक्नको लागि पहल गर्न अनुरोध गर्नुभएको छ ।
भुमेस्थान हायु समाजका अध्यक्ष आरती हायुको सभापतित्वमा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष दुधराज घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगर, हायु एकता समाजका सचिव सुजन हायु, वडा सचिव सुरेश योञ्जन, भुमेस्थान हायु समाजका पूर्व अध्यक्ष दुधराज हायु लगायतले हायु समाजलाई राज्यको मूलधारमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
हायु समुदायका लागि रोशी गाउँपालिकाले गरेको सहयोगप्रति खुसी व्यक्त गरका थिए । विमला हायुले सञ्चालन गर्नुभएकोे कार्यक्रममा सुस्मिता हायुले स्वागत मन्तव्य राख्नुभएको थियो । सामग्री पाएपछि हायुहरू खुसीले ढोल, झ्याम्टा र घण्टी बजाएर नाचेका थिए ।
रोशी गाउँपालिका वडा नं. १० वाल्टिङमा ११ घर धुरी लोपोन्मुख हायु समुदाय बस्दै आएका छन् । काभ्रेमा हायु समुदायको जनसंख्या करिब ८५ जना रहेका छन् ।

You might also like

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

Previous Post

वाल्टिङ्गका हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

Next Post

हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
Next Post
वाल्टिङ्गका हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तोलाको १ लाख ४४ हजार पुग्यो सुनको भाउ

सुनको मूल्य आज ४ हजार रुपैयाँले घट्यो

आइतवार, जेष्ठ २७, २०८१
बिपदमा परेका माईला लामालाई रेडक्रसको सहयोग

बिपदमा परेका माइला लामालाई रेडक्रसको सहयोग

सोमवार, जेष्ठ १, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.