काभ्रे,
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र निगालोको लठ्ठिले टाउकोमा हाँन्दा ५९ बर्षीय श्रीमान धनबिर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीले कमला परियारलाई नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुशन्धान भईरहेको छ ।