मंसिर १३,
२०७७,धुलिखेल/

काभ्रेमा धान उत्पादन बढेको छ । उत्पादन क्षेत्र बृद्धिसँगै धान उत्पादन बढेको हो । यस बर्ष धान उत्पादन करीब छ प्रतिशतले बृद्धि भएको छ भने क्षेत्रफल १४ हेक्टर क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।

आर्थिक बर्ष २०७५/७६ मा ३७ हजार ५५ मे.टन धान उत्पादन भएको थियो भने आर्थिक बर्ष २०७६/७७ मा ३९ हजार ४८० मे.टन धान उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र काभ्रेका बाली विकास अधिकृत एवम् सूचना अधिकार थर्क जिसीले अघिल्लो बर्षको तुलनामा छ प्रतिशत धान उत्पादन बढेको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो बर्ष ११ हजार २६६ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यस बर्ष ११ हजार २८० हेक्टरमा धान खेती भएको थियो । उत्पादन बढ्नुमा कोरोना सङक्रमण कारण बनेको कृषि ज्ञान केन्द्रको भनाई छ ।

सहरमा बसेका युवा गाउँगाउँमा गएर कृषिमा लाग्नु, मौसमले साथ दिनु लगायतका कारण उत्पादन बढेको सूचना अधिकारी जिसीको भनाई । जिल्लामा खुमल ४, खुमल १०, खुमल १३, सावित्री, मकवानपुर १८, हाइव्रिड लगायतका धान लगाउने गरिएको छ । काभ्रेका १३ वटै स्थानीय तहमा धान उत्पादन हुने गरेको कार्यालय जनाएको छ । बिशेष पाँचखाल, पनौती, बनेपा, नाला, खोपासी, मण्डनदेउपुर, भकुण्डे, रोसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ ।

Facebook Comments Box