काभ्रे,
खाजा खान लाने बहानामा पोखराको अमरसिंहमा सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, कृष्ण रानाभाट र विनोद परियार छन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनीहरुले वैशाख २४ गते राति पोखरा महानगरपालिका–१०, अमरसिंहमा खाजा खान जाने बहानामा ललाइफकाई एक जना महिलाई पार्किङमा रहेको गाडीमा लगेर सामूहिक करणी गरेको आरोप प्रहरीले लगाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई वैशाख २५ गते बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट करणीसम्बन्धी कसूरमा ७ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।