Monday, May 25, 2026
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको कति?

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ ८, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको कति?
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोहि निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा जग्गासहितको एउटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

You might also like

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

स्वर्गीय धर्मपत्नी सीता दाहालको नाम रहेको जग्गा र घर आफ्नो पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो नाममा एभरेस्ट बैंकमा २५ लाख रुपैयाँ रहेको र उक्त रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको उल्लेख गर्नुभएको छ । उहाँले ५ तोला सुन रहेको र उक्त सुन पनि पैतृक नै भएको सम्पत्ति विरणमा उल्लेख गर्नुभएको छ ।

यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार गृहमन्त्री लामिछानेसँग बैङ्क खातामा एक लाख दश हजार नगद रहेको छ । भक्तपुरमा पैतृक रूपमा प्राप्त भएको एक रोपनी एक आना जग्गा रहेको समेत उल्लेख छ । यसबाहेकको अरु चलअचल सबै सम्पत्ति उहाँले श्रीमतीको नाममा देखाउनुभएको छ ।

यस्तै, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख छ । राष्ट्रिय वाणिज्य बैङ्कमा सिंहदरबारमा एक लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाउनुभएको छ ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा. १० च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि उहाँले सम्पत्ति विवरणमा राख्नुभएको छ ।

एकीकृत समाजवादीका मन्त्री धनबहादुर बुढाले सम्पत्ति विवरणमा सात वटा घर रहेको देखाउनुभएको छ । मन्त्री बुढाको डोल्पाको ठूली भेरी नगरपालिका वडा नम्बर ३ मा ४ वटा घर उल्लेख छ । यो सम्पत्ति पैतृक भएको बुढाले उल्लेख गर्नुभएको छ । त्यस्तै काठमाडौमा पनि मन्त्री बुढाको दुई वटा घर रहेका छन् । यी घर–घडेरी उहाँको र श्रीमती हिमालीको नाममा रहेको उल्लेख छ ।

मन्त्रीहरूमा सबैभन्दा धनि मन्त्री भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ देखिनु भएको छ । जनकपुर उपमहानगरपालिकामा ४ हजार २ सय वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैँसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ । यस्तै श्रीमती जुलीकुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ रोपनी, ३ आना जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्टा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्टा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्टा जग्गा रहेको छ । नगद तर्फ २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १५० केजी रहेको छ । ७ थान औँठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उहाँसँग एनआईसी एसिया बैङ्क र एभरेस्ट बैङ्कमा १ करोड ५२ लाख रकम मौज्दात रहेको छ । दुवै स्रोत उहाँले पारिश्रमिक रहेको जिकिर गर्नुभएको छ । यस्तै उहाँसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको एकसय तोला चाँदी र १÷१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गर्नुभएको छ । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उहाँले विवरणमा उल्लेख गर्नुभएको छ ।

यस्तै, अर्थमन्त्री वर्षमान पुनले आफ्नो गृहजिल्लामा रोल्पामा घरसहित ८ सय २० वर्गमिटर जग्गा भएको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । उक्त सम्पत्ति पैतृक भएको उल्लेख छ । अर्थमन्त्री पुनले एनएमबी बैंक पुल्चोक शाखाको खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

यस्तै, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको विवरणमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ मा दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख गर्नुभएको छ । त्यस्तै श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि पाँच वटा घर र शैलेशकुमार साहको एउटा घर रहेको उल्लेख छ । श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ । सुन र चाँदी विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ । यस्तै उहाँले १२ बोरको राइफल बन्दुक रहेको समेत आफुसँग रहेको उल्लेख गर्नुभएको छ ।– सीआईएन

Previous Post

गृहमन्त्री रवि लामिछानेकाको अधिकांश सम्पत्ति पत्नीको नाममा

Next Post

कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमहरुले गरे सामूहिक प्रतिरोध

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
Next Post
कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमहरुले गरे सामूहिक प्रतिरोध

कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमहरुले गरे सामूहिक प्रतिरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गर्मी छल्न आन्तरिक पर्यटकको पहिलो रोजाइमा रोशीको तीनधारे झरना

गर्मी छल्न आन्तरिक पर्यटकको पहिलो रोजाइमा रोशीको तीनधारे झरना

शनिबार, भदौ १५, २०८१

नमोबुद्धमा पुष्प खेती तथा ब्यवस्थापन सम्बन्धी ५ दिने तालिम सम्मन्न

शुक्रबार, फाल्गुन १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.