काभ्रे,
लगातारको वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका ४ सदस्यको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा आज बिहान साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्राका बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीय जसमाया, जुम्ल्याहा बहिनी गंगा र जमुना रहनुभएको छ । घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घरसहित परिवारका ४ सदस्य र ७० भन्दा बढी पशुचौपाया बगाएको हो ।
घटनास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटेको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।