काभ्रे,
रोशी गाउँपालिमा खोलाले बगाएर मृत्यु भएका ३ जनाको परिवारलाई राहत दिने निर्णय भएको छ । जिल्ला बिपद व्यवस्थापन समिति काभ्रेको बुधबार सम्पन्न बैठकले बाढीले बगाएर मृत्यु भएका व्यक्तिहरूको परिवारलाई समितिले पाँच लाख राहत दिने निर्णय गरेको समिति सदस्य तथा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।
असार २२ गते रोशी–११ स्थित भ्याकुरे खोलामा आएको बाढीले बगाएर भिमखोरीका ६५ बर्षिय जलमायाँ रुचाल मगर र भदैनी ५ बर्षिय सेतीमायाँ रुचाल मगरको मृत्यु भएको थियो । त्यस्तै असार २३ गते रोशी–१ सानोभुग्देउ खोला तर्ने क्रममा बगाएर सोही स्थानका करिब ४५ बर्षिय कमल बिकको मृत्यु भएको थियो । मृत्यु भएका फूपभदैनीको परिवारलाई तीन लाख र कमल विकको परिवारलाई दुई लाख गरि ५ लाख राहत दिने निणर्य भएको हो । रोशी गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठक छिट्टै बसेर मृत्यु भएकाहरुको परिवारलाई राहत रकम दिईने गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।