काभ्रे,
नेपाली कांग्रेसका सभापति गगन थापाले सभापति पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए पनि कांग्रेसले यसबारे औपचारिक जानकारी दिएको छैन ।
यसैबिच, नेपाली कांग्रेसको भोलि शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिनुहुदैै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाउनुभएको हो ।
शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापा सहभागी नहुने एक नेताले बताएका छन्। त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नुहुने छ । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
थापा गएको पुस २७ गतेदेखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनबाट सभापति चयन हुनुभएको थियो ।













