Tuesday, June 16, 2026
Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बालबालिकाका लागि घातक बन्दै मोबाइल

RadioRoshi by RadioRoshi
मङ्लबार, भदौ १८, २०८१
in Roshi Khabar E-Paper
0
बालबालिकाका लागि घातक बन्दै मोबाइल
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अमेरिकाको नेसनल सेन्टर फर एजुकेसन स्ट्याटिक्सले एउटा रिपोर्ट अनुसार धेरै राज्यमा विद्यालयमा बालबालिकालाई मोबाइल चलाउन पूर्ण बन्देज लगाइएको छ। गैर शैक्षिक कार्यका लागि बालबालिकालाई मोबाइल फोन नदिन कानुनकै आवश्यकताका लागि बहससमेत भएको छ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

झट्ट यो विषय सुन्दा अभिभावक असन्तुष्ट पनि हुन सक्छन्। यसका दुई प्रमुख कारण छन्। पहिलो कारण उनीहरू चाहेको समयमा बालकको सम्पर्कमा आउन चाहन्छन्। चाहे त्यो विद्यालय होस या घर। दोस्रो आफू व्यस्त रहेको समयमा उनीहरूले बालक स्मार्ट फोनमा रमाउँदा हलुको भएको महसुस गर्छन्।

अमेरिकामा भएको कमन सेन्स मिडिया स्टडीको रिपोर्ट अनुसार ११ देखि १७ वर्षका बालकमध्ये ९७ प्रतिशतले विद्यालयमै ४३ मिनेट भन्दा बढी मोबाइल चलाउँछन्। यस कारण साथीको बिचमा बोलचालमा समेत कमी आउन थालेको छ।

साइकोलिजिस्ट जोनाथन हेइडटले गम्भीर सङ्कटको चेतावनी दिइसकेका छन्। उनले अबको पुस्तालाई एन्जाइटी पुस्ताको रूपमा नामकरण नै गरिसकेका छन्। धेरैको तर्क बालबालिकालाई मोबाइलले स्मार्ट बनाउन सक्छ भन्ने पनि छ। मोबाइलले धेरै कुरा सिकाउन र समस्याको समाधान गर्न पनि सिकाउँछ भन्ने विश्वास गर्छन्। यस कारण सामाजिक र व्यक्तिगत जीवनमा आउने समस्याबाट उनीहरूलाई बचाउन सक्छ र एन्जाइटीबाट हटाउँछ भन्ने एक थरीको सोच छ। मनोचिकित्सकका अनुसार सो सोच सरासर गलत हो।

अमेरिकामा मोबाइलको असर ?
अमेरिकाको प्यु रिसर्च सेन्टले जुन महिनामा गरेको अध्ययनका अनुसार मोबाइलले कक्षा कोठाको वातावरण ७२ प्रतिशत बिगारी रहेको छ। मोबाइलमा अल्झिएमा उनीहरू पढाइमा एकाग्र हुन नै सक्दैनन्। धेरै अध्ययनले के तथ्य पत्ता लगाएको छ भने मानिसको मस्तिष्क एकै पटक दुई विषयमा लाग्न सक्दैन।

धेरै अध्ययनले अर्को कुरा पनि प्रस्ट पारेको छ। प्रि मोबाइल युगको भन्दा विद्यार्थीको सिक्ने क्षमतामा ह्रास आइसकेको छ। यो समस्या विज्ञान, गणित र भाषामा समेत हुने निष्कर्ष अध्ययनको छ। गत वर्ष अमेरिकाको एक शिक्षण संस्थामा ३० वर्षमा सबै भन्दा कम अङ्क विद्यार्थीले ल्याएका थिए।

पाँच फरक विश्व विद्यालयमा पढाइरहेका एक प्राध्यापकको अनुभव पनि त्यस्तै छ। उनले स्मार्टफोनको युग भन्दा अघिका विद्यार्थीमा पढाइप्रतिको चासो बढी थियो। स्मार्ट फोन युग पछि त्यस चासोमा कमी आएको छ।

स्मार्टफोनका व्यापारीले नै यसको डिजाइन मानिसलाई लतमा फसाउने ढङ्गले बनाएका छन्। मोबाइलमा धेरै खेल राखिएका हुन्छन्। नोटिफिकेसन पनि आउँछ। यी सबै कारणले मानिसहरूको स्मार्टफोनको अनावश्यक लतमा फस्ने गरेका छन्। यो समस्या बालक मात्र होइन सबैको हो।

कमन सेन्स मिडियाले गरेको एक अध्ययन अनुसार एउटा टिनएजरले मोबाइलमा दैनिक २३७ सम्म नोटिफिकेसन देख्नसक्छ। स्मार्ट फोनले जीवनलाई सहज बनाएको छ।

आवश्यक परेको समयमा उपयोग गर्ने र अन्य समयमा यसलाई बेवास्ता गरेमा जीवन सहज हुनसक्थ्यो। तर यसको लतमा नफस्ने व्यक्ति विरलै छन्।

अध्ययनको निष्कर्ष

फोनलाई बालकबाट लुकाएर राख्नु पनि घातक हुनसक्छ। बालकको ध्यान त्यो फोनको खोजीमा गहिरहेको हुन्छ। जसले गर्दा अन्य विषयमा चासो नदिएका धेरै घटना पनि छन्। मोबाइल मै बालकले क्राइम फिल्म हेर्ने गरेकाले आफूलाई कुनै आपराधिक काम गर्न पनि सुरक्षित महसुस गर्न सक्ने जोखिम छ।

अर्को महत्त्वपूर्ण कारण स्मार्टफोनले लैङ्गिक हिंसाको जोखिम समेत बढाएको छ। ५९ प्रतिशतले स्मार्ट फोनको कारण आफूलाई असहज भएको स्वीकार गरेका छन्। टिन एजको नजिक पुगेका ५ मध्य १ ले स्मार्टफोनलाई गलत प्रयोग गरेको बताएका छन्।

यदि बालकलाई केही सिक्नकै लागि मात्र कुनै समय मात्र मोबाइल दिएमा यसले सहयोग गर्न सक्छ। किनकी यसका सकारात्मक पाटा पनि नभएका पक्कै होइनन्। तथापि मोबाइल दिइसकेपछि अभिभावकको निगरानी भने अत्यन्त जरुरी मानिएको छ।

मनोचिकित्सक हेइड् पनि बालकलाई फोन दिएर छाड्दा आवश्यक पर्दा सम्पर्क गर्ने र अन्य उपयोग नगर्ने भन्ने सम्भावना अत्यन्त कम छ।

‘ओल्डर एडलोसेन्ट’को रूपमा परिचित १८ देखि २० वर्षमा एउटा अध्ययन गरिएको थियो । कुनै पनि प्रश्नको उत्तर उनीहरू स्मार्टफोनमा नै खोज्ने गरेका छन्। यसै कारण त्यो पुस्तामा आत्मविश्वास हराउँदै गएर अप्रत्यक्ष रूपमा डिप्रेसनको जोखिम बढाउँदै लगेको एरिजोना विश्वविद्यालयका डिपार्टमेन्ट अफ कम्युनिकेसनका असिस्टेन्ट प्रोफेसर म्याथ्यु लिम्पायर बताउँछन्।

फोनको लतमा फसेपछि बालकको स्वभावमा केही परिवर्तन पक्कै आउँछ। सधै फोन साथमा राख्ने मात्र होइन, उनीहरूको प्रस्तुत हुने तरिकामा पनि परिवर्तन देखिनसक्छ। यो नै मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो। स्मार्टफोनको खराब पाटो भनेको यसको आदत हुनेहरूको भावनात्मक संवेगमा अनियमित हुन्छन्। एकै पटक मानिसमा परिवर्तन आउन सक्छ। यसकै कारण अनिन्द्राको समस्या समेत बढ्न सुरु हुन्छ।

कोरिया विश्वविद्यालयका प्राध्यापक हायुङ सिक सियोले सन् २०१७ मै एक रिपोर्ट सार्वजनिक गरेका थिए। उनका अनुसार स्मार्टफोनमा धेरै झुम्मिने टिनएजरको मस्तिष्कमा केमिकल असन्तुलन हुन्छ। यसले डिप्रेसन र एन्जाइटीको जोखिम बढाउँछ। यो समस्या अझ सामाजिक सञ्जालमा धेरै भाइरल भएका भिडियोमा हुन्छ।

त्यस समयमा सियोसहित १९ जना प्राध्यापकको टोलीले १० महिला तथा ९ पुरुष गरी १८ जना स्मार्टफोन लत भएका बालबालिकामा अध्ययन गरेको थियो। यसै आदत नभएका अन्य १० जनाको साथमा भिन्न अध्ययन गरिएको थियो। म्याग्नेटिक रेसोनेन्स स्पेक्ट्रोसकपी प्रविधि मार्फत उनीहरूको मस्तिष्कको धेरै रसायनको परीक्षण गरिएको थियो। ९ साता लामो अध्ययनले स्मार्टफोन प्रयोगमा धेरै समस्या पाइएको थियो। यो अध्ययनपछि केमिकल असन्तुलनको रहस्य अझ धेरै पुष्टि भएको थियो। संसारमा यसपछि पनि बारम्बार यसै किसिमका अध्ययन भएका छन्, जुन अध्ययनले अबको पुस्तालाई मोबाइलकै कारण डिप्रेसन र एन्जाइटीतर्फ लैजाने त होइन भन्ने चिन्ता बढाएको छ। स्रोतः सिएनएन, प्यारेन्ट्स डटकम, मेडिकल न्युज टुडे

Previous Post

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Next Post

शुभकामना आदानप्रदान गर्दै रोशीले मनायो तीज विशेष कार्यक्रम

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
शुभकामना आदानप्रदान गर्दै रोशीले मनायो तीज विशेष कार्यक्रम

शुभकामना आदानप्रदान गर्दै रोशीले मनायो तीज विशेष कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

बुधबार, अशोज ३, २०८०
असार ८ र ९ गते प्रथम पाँचखाल मेयर कप फुल कन्ट्याक्ट् एफकेओके कराते प्रतियोगीता – २०८० हुँदै

असार ८ र ९ गते प्रथम पाँचखाल मेयर कप फुल कन्ट्याक्ट् एफकेओके कराते प्रतियोगीता – २०८० हुँदै

शुक्रबार, असार ८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.