Sunday, January 25, 2026
Date
आइत, माघ १२, २०८२
Sun, January 25, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

RadioRoshi by RadioRoshi
बुधबार, अशोज २३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

तस्विरः सामाजिक सञ्जाल

588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोक जिल्लाको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

You might also like

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार रु ४२ करोड ६३ लाख रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो । सबैभन्दा धेरै पनौती नगरपालिकामा रु ९ करोड ४१ लाख, धुलिखेल नगरमा रु ५ करोड ४८ लाख बराबरको क्षति भएको छ ।
उक्त कार्यालयले सार्वजनिक गरेको कृषि क्षतिको विवरणअनुसार छ सय ६९ दशमलव आठ हेक्टर क्षेत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा चार सय २७ दशमलव ७९ हेक्टर क्षेत्रफलको अन्य कृषि बालीमा क्षति पुगेको जनाइएको छ । यस्तै दुई हजार नौ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, चार हजार दुई सय मेट्रिकटन तरकारी तथा अन्य बालीमा गरी कुल छ हजार तीन सय ७१ मेट्रिकटनमा अनुमानित गिरावट आउने उल्लेख गरिएको छ ।

यसैबिच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी हताहत भएका अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन् । जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख निशान्त गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट तथ्याङ्क सङ्कलन जारी छ । जिल्लाका सबै भागमा सञ्चार सम्पर्क कायम नभएका कारण यकिन विवरण प्राप्त हुन केही दिन लाग्ने उहाँले बताउनुभयो ।

बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । सरकारले तीन महिनाका संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।

जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका, पाँच जना बेपत्ता रहेका तथा ७५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षाजन्य विपद्मा परी काभ्रेपलाञ्चोकमा ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।– रासस

Previous Post

बाढीपहिरोको कारण रोशीमा ३५० घर पूर्ण क्षति भएको प्रारम्भिक अनुमान

Next Post

काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

RadioRoshi

RadioRoshi

Related Posts

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
Next Post

काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

मतदातालाई धन्यवाद दिन ज्याम्दी पुग्नुभएका शिव हुमागाई र कार्यकर्ताको चल्यो रुवाबासी

मतदातालाई धन्यवाद दिन ज्याम्दी पुग्नुभएका शिव हुमागाई र कार्यकर्ताको चल्यो रुवाबासी

बिहिबार, मंसिर १५, २०७९
रोशी गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल विच सम्झौता

रोशी गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल विच सम्झौता

बिहिबार, मंसिर २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.