Monday, July 6, 2026
Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

RadioRoshi by RadioRoshi
बुधबार, अशोज २३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

तस्विरः सामाजिक सञ्जाल

588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोक जिल्लाको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार रु ४२ करोड ६३ लाख रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो । सबैभन्दा धेरै पनौती नगरपालिकामा रु ९ करोड ४१ लाख, धुलिखेल नगरमा रु ५ करोड ४८ लाख बराबरको क्षति भएको छ ।
उक्त कार्यालयले सार्वजनिक गरेको कृषि क्षतिको विवरणअनुसार छ सय ६९ दशमलव आठ हेक्टर क्षेत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा चार सय २७ दशमलव ७९ हेक्टर क्षेत्रफलको अन्य कृषि बालीमा क्षति पुगेको जनाइएको छ । यस्तै दुई हजार नौ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, चार हजार दुई सय मेट्रिकटन तरकारी तथा अन्य बालीमा गरी कुल छ हजार तीन सय ७१ मेट्रिकटनमा अनुमानित गिरावट आउने उल्लेख गरिएको छ ।

यसैबिच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी हताहत भएका अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन् । जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख निशान्त गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट तथ्याङ्क सङ्कलन जारी छ । जिल्लाका सबै भागमा सञ्चार सम्पर्क कायम नभएका कारण यकिन विवरण प्राप्त हुन केही दिन लाग्ने उहाँले बताउनुभयो ।

बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । सरकारले तीन महिनाका संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।

जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका, पाँच जना बेपत्ता रहेका तथा ७५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षाजन्य विपद्मा परी काभ्रेपलाञ्चोकमा ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।– रासस

Previous Post

बाढीपहिरोको कारण रोशीमा ३५० घर पूर्ण क्षति भएको प्रारम्भिक अनुमान

Next Post

काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post

काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज

जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज

शनिबार, चैत्र २५, २०७९
रोशी गाउँपालिका वडा नं ९ का नागरीक एवं पशुहरुलाइ रेबिज विरुद्धको खोप

रोशी गाउँपालिका वडा नं ९ का नागरीक एवं पशुहरुलाइ रेबिज विरुद्धको खोप

बुधबार, माघ ४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.