Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेका बाढीपीडितलाई चिन्ताः जाडो सुरू भयो, अब कहाँ बस्ने ?

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक ८, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेका बाढीपीडितलाई चिन्ताः जाडो सुरू भयो, अब कहाँ बस्ने ?
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

जाडोयाम सुरु भएसँगै बाढीपहिरोले घरबारविहीन भएकाहरु कसरी न्यानो बासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन् । बेथाचनोक गाउँपालिका वडा नं २, ३, ४ र ५ मा बाढीपहिरोबाट बढी क्षति भएपछि सो क्षेत्रका नागरिक अहिले कोही वृद्धाश्रम त कोही आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् भने कतिपय बासस्थान सबै बाढीपहिरोले नष्ट गरेपछि विस्थापित भएका छन् ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

बेथानचोक गाउँपालिका–२ मा बाढीले बगाएर क्षतिग्रस्त घर नजिकै काममा व्यस्त डल्लीकुमारी श्रेष्ठले जाडोयाम सुरु भएसँगै न्यानो बासस्थानको व्यवस्था कसरी गर्ने भन्ने चिन्ता लाग्न थालेको बताइन् । गत असोज १२ गते गएको पहिरोले घरमाथिबाट बगाउन थालेपछि घरदेखि हिँडेर पारी पाखामा पुगेर सुरक्षित महसुस भएको उनले बताइन् ।

बेथानचोक–२ बनेपाली टोलमा बस्दै आएकी श्रेष्ठले बाढीपहिरोले घरबार सबै बगाएपछि बस्ती नजिकैको महादेवथानमा रात कटाउँदै आएकी छन् । खाना पकाउने र खाने भत्केको भग्नावशेषमा गर्दै आएको बताउँदै उनले जाडोमा न्यानो कसरी हुने भन्ने चिन्ताले पिरोल्न थालेको सुनाइन् । ’पहिला पहिला वर्षा हुँदा गाउँ मुनि रहेको खोला गड्गडाएर वेगले बगेपनि अहिलेको जस्तो सबै बस्ती र बाटोघाटो भने बगाएको थिएन,’ श्रेष्ठले भनिन्, ’यसपालिको वर्षाले भएको घर बगायो, माथि रहेको बारी पनि पहिरोले बगायो ।’ बाढीपहिरोले सबै बगाएपछि बस्न उपयुक्त जमिनसमेत नभएको उनले बताइन् ।

भत्केको घरको अवस्था देखाउँदै ५७ वर्षीय गोपालबहादुर श्रेष्ठले एक्कासि आउको बाढीले घर बगाएपछि केही निकाल्न पनि नपाएको पीडा सुनाउँदै दुई रातसम्म पारिपट्टी रहेको छिमेकीको घरमा बास बसेको बताए। जाडो सुरु भइसकेकाले राज्यले न्यानो बासस्थान व्यवस्थापन यथाशीघ्र गर्नुपर्नेमा उनले जोड दिइन् ।

भएको सबै जग्गा जमिन बगाएर अहिले कहीँकतै बस्ने ठाउँ नभएको भन्दै गोपालबहादुरले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले पुनःनिर्माण र पुनःव्यवस्थापनमा राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । पीडितको अवस्था र आवश्यकताका आधारमा पुनःस्थापनाको काम गर्न स्थानीय सरकार तथा सरोकार भएकालाई उनले अनुरोध पनि गरिन् ।

गोपालबहादुर जस्तै नवराज श्रेष्ठको पनि सबै घरबार र सम्पत्ति बगाएपछि विस्थापित जीवन बिताउँदै छन् । विपद्मा परेर करिब तीन सातादेखि कष्टकर जीवन गुजार्दै आएका उनले तत्काल राज्यले बस्ने घर, खाने अन्नपात र लत्ताकपडाको व्यवस्था गर्न आग्रह गरे ।

स्थानीय कृष्णबहादुर श्रेष्ठले तत्कालका लागि खाद्यान्नसँगै बस्ने बासस्थानको व्यवस्थापनमा राज्यले प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । उनले पीडितको अवस्था र आवश्यकतालाई ध्यान दिँदै पुनःस्थापनाको काम गर्नुपर्नेमा जोड दिए ।

गाउँको तलतिर खोलाले तानेको र माथिबाट पहिरोले पुरेकाले आफुहरु त्यस ठाउँमा बस्न नसक्ने अवस्थामा पुगेको कृष्णबहादुरको भनाइ छ । बाढीले सबै बगाएपछि बास बस्ने उपयुक्त जग्गा नभएको भन्दै स्थानीय सरकार र सरोकार भएका निकायले यथाशीघ्र बासस्थानको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

स्थानीय सानुकान्छा श्रेष्ठले भएभरको सबैवस्तु बगाएर परिवारको बिचल्ली भएको भन्दै सरकारले सुरक्षित घरसहित खानाको व्यवस्थापन गरिदिन आग्रह गरे । घरमाथिको बारी पहिरोले बगाएको र घर तलतिर रहेको खोलाले बगाएर लगेपछि अहिले पाटीको बास भइरहेको उनले बताए ।

बेथानचोक–३ का स्थानीय पदमबहादुर श्रेष्ठले बगाएर रहेको थोरै जमिनमा पनि माथिबाट लड्नै लागेको ठूलो ढु्ङ्गाको त्रासले थप पीडा दिने गरेको बताए । बाढीले चिरा पारेको बारीलाई कमाइ खाने थलो बनाउने वातावरण सृजना गरी घरको व्यवस्थापनका लागि राज्यले सहयोग गर्नुपर्ने उनको भनाइ छ । बाढीपहिरो जानुअघिका सुन्दर गाउँबस्ती बगाएपछि बस्ने घर, बारी सबै नष्ट भएपछि बेथानचोकको अस्तित्व नै समाप्त भएको उनले बताए ।

बेथानचोक–२ का पूर्ववडाध्यक्ष दिलबहादुर श्रेष्ठले जाडो बढ्दै आएकाले ज्येष्ठ नागरिक, बालबालिका तथा सुत्केरी महिलाको सुरक्षाको लागि स्थानीय सरकारले सङ्घीय सरकारसँग आवश्यक समन्वय गरी उचित व्यवस्थापन गर्नुपर्ने बताए। पुनःनिर्माणका लागि गाउँपालिकाको स्रोतले मात्रै नपुग्ने भएकाले प्रदेश र सङ्घ सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पालिकाभित्रको चार÷पाँच ठाउँमा बस्ती बस्न नसक्ने गरी बाढीले बगाएकाले ती बस्तीका नागरिकलाई तत्काल व्यवस्थापनका लागि तीनै तहका सरकारले आवश्यक पहल गर्नुपर्ने बताए । पीडित परिवारलाई जीविकोपार्जन र बासस्थानको व्यवस्थापनमा सबै निकायबीच सहकार्य र समन्वय हुनु आवश्यक रहेकामा उनको जोड छ ।

बाढीपहिरो गएको तीन साताभन्दा बढी भइसकेको अवस्थामा पुनःस्थापनामा ढिलाइ हुँदा ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती बढी प्रभावित भएका छन् । एकातिर बस्ने न्यानो ठाउँ नभएको, अर्कोतिर भोक लागेको बेलामा निकालेर खाने अन्नपात केही नभएपछि अधिकांश परिवार बिचल्लीमा परेका छन् ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले समस्यामा परेका नागरिलाई उद्धार र राहत उपलब्ध गराउनेदेखि सडक, विद्युत्, सञ्चारको काम सकिएर पुनःस्थापना र पुनर्वासको काममा केन्द्रित हुनेतर्फ स्थानीय सरकार लागिरहेको जानकारी दिए । पुनःस्थापना कार्यमा आवश्यक सहयोग गर्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरिरहेको भन्दै जाडोयाम अघि जोखिमयुक्त परिवारको पहिचान गरी पुनर्वासको व्यवस्था गरिने उनले बताए ।

पालिकाले गरेको आग्रह अनुसार नबिल बैंकले एक सय अस्थायी आवास बनाउन सहयोग गर्ने सहमति भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए । व्यक्तिगत घरसँगै विद्यालय भवन, स्वास्थ्य संस्थालगायत सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको आवश्यक मर्मत, रङ्गरोगन, पुनःनिर्माण र स्थानन्तरण गर्नुपर्ने भएकाले सोही अनुसारका काममा पालिका केन्द्रित भइरहेको उनले बताए ।– रासस

Previous Post

दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै

Next Post

बक्यौता नतिर्ने उद्योगहरुकोे विद्युत लाइन काट्न सुरु

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
बक्यौता नतिर्ने उद्योगहरुकोे विद्युत लाइन काट्न सुरु

बक्यौता नतिर्ने उद्योगहरुकोे विद्युत लाइन काट्न सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
वीपी राजमार्गमा फोहोर फाले कार्वाही

वीपी राजमार्गमा फोहोर फाले कार्वाही

बुधबार, माघ ४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.