काभ्रे,
वडाध्यक्षको निधन भएपछि रोशी गाउँपालिकाले आज शोक बिदा दिएको छ । वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले वडाध्यक्ष लामाको निधनले गाउँपालिका परिवार अत्यन्त मर्माहित भएको भन्दै गाउँपालिका क्षेत्रभित्र शोक बिदा गरिएको बताउनुभयो ।
झण्डै साढे १ वर्षदेखि रोगसँग लडिरहनुभएको वडा अध्यक्ष श्रीदास लामाको हिजो उपचारको क्रममा अस्पतालमा निधन भएको थियो ।