Thursday, July 16, 2026
Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेमा मानवअधिकारको अवस्थाका विषयमा छलफल

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस १६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर
0
काभ्रेमा मानवअधिकारको अवस्थाका विषयमा छलफल
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपालमा नवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानव अधिकार अवस्था विषयमा २०८१ पुस १६ गते आज धुलिखेलमा एक छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बन्जारा, नेपाल बार एशोसियसन काभ्रेका अध्यक्ष हरिशरण दाहाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, गैसस महासंघका केन्द्रीय सदस्य टोम सापकोटा, मानव अधिकार संगठन बागमति प्रदेशका अध्यक्ष राजु सिग्देल, माइती नेपालकी जिल्ला कार्यक्रम संयोजक गायत्री गौतम, जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी राजकुमारी प्यासी श्रेष्ठ, जिल्ला अदालत काभ्रेपलाञ्चोककी अधिकृत हिराकुमारी भण्डारी, सक्रिय प्लस नेपालका कमल बन्जारा र महिला अधिकारकर्मी कल्पना विश्वकर्माले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव नगेन्द्र अधिकारी, पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रहरी निरिक्षक रमेश थापा, रासस काभ्रेका प्रमुख राजकुमार पराजुली, अधिबक्ताज मुना पसछें लगायत ४० जनाको उपस्थिती थियो । कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि सुमित्रा आचार्यबाट भएको थियो ।

पनौती नगरपालिका उपप्रमुख गिता बन्जाराले मानव अधिकार वर्ष पुस्तकले समाजमा उल्लेखनिय योगदान दिएको चर्चा गर्दै बाढी पहिरोपछि समाजमा मानसिक समस्या देखिएकाले समुदायको सशक्तिकरण, सचेतना र सामाजिकीकरणमा जोड दिन आग्रह गर्नुभयो । उहाँले जिल्लामा घरेलु हिंसा र सम्वन्ध विच्छेदका घटना बढेको बताउँदै हिंसा र अपराधलाई न्युनिकरण गर्न आवश्यक रहेको थप्नुभयो ।

नेपाल बार एशोसियसनका अध्यक्ष हरिशरण दाहालले आर्थिक मन्दीका कारण समाजमा अनुचित लेनदेनका घटना बढेको र सामाजिक समस्यालाई छलफलका माध्यमबाट समाधान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपानेले गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका विषयलाई मेलमिलाप नभएर कार्वाहीको दायरामा लैजान सुझाउनु भयो । उहाँले वर्ष पुस्तकको साइज घट्नेगरी समाजमा सचेतनाका काम गर्न आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तिमल्सिनाले समग्र जिल्लाको मानवअधिकार अवस्था उल्लेख गर्दै यस वर्ष मानव अधिकार बञ्चित भएका १६९ र घरेलु हिंसाका १८५ ओटा घटना इन्सेकमा अभिलेख भएको विषय उल्लेख गर्नुभयो । बाढीपहिरो, आत्महत्या, बैंकिङ कसुर, अपराध र विपत्तिका घटनाका कारण मानव अधिकारको अवस्थामा कमजोरी आएपनि सचेतनाका माध्यमबाट न्यूनिकरण गर्न जोड दिनुभयो ।

उहाँले घरेलु हिंसाका उजुरीमध्ये १२५ थान मुद्दा मिलापत्र भएपनि ५९ जना निवेदन दिएपछि सम्पर्कमा नआएको बताउनुभयो । पीडितमध्येका सबैभन्दा बढी जनजाति समुदायको रहेको र अन्र्तजातिय, प्रेम, बाल र अनमेल विवाहका कारण दाम्पत्य जीवनमा समस्या देखिएकाले आर्थिक मन्दी, राजनीतिक अर्थ व्यवस्था, न्यायिक समितिको कम प्रभावकारिता जस्ता कारणले ८२ वर्षका जेष्ठ नागरिक समेत पटक पटक प्रहरी कार्यालयमा आउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

यस वर्ष जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ३ थान घरेलु हिंसाका मुद्दा परे पनि अदालतमा सम्वन्ध विच्छेदका ५४६ थान मुद्दा परेको र कारागारमा कोठा नपुगेर टेन्ट राखेर बस्नुपर्ने बाध्यता रहेको उहाँले थप्नुभयो ।

Previous Post

चिसो मौमसमा बालबालिकाको विशेष ख्याल राख्न चिकित्सकको आग्रह

Next Post

‘रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिन्छ’– अध्यक्ष लामा

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
‘रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिन्छ’– अध्यक्ष लामा

‘रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिन्छ’– अध्यक्ष लामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शनिबार, पुस ५, २०८२
नमोबुद्ध नगर सभाः ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

नमोबुद्ध नगर सभाः ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

आइतवार, असार १०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.