Thursday, July 16, 2026
Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी मा.वि ले मनायो भब्यताका साथ ५२औं वार्षिक उत्सव

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
रोशी मा.वि ले मनायो भब्यताका साथ ५२औं वार्षिक उत्सव
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ कटुञ्जेबेशीमा अवस्थित श्री रोशी माध्यामिक विद्यालयले ५२ औं वार्षिक उत्सव भब्यताका साथ मनाएको छ । आज (शुक्रबार) गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबाको विशेष आतिथ्यतामा विद्यालयको ५२ औं वार्षिक उत्सव भब्यताका साथ मनाईएको हो । कार्यक्रमका प्रमुख अतिथी दिनेश लामाले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी बिद्यालयका संयोजक दिपक शर्माले स्वागत मन्तब्य राख्नुभएको थियो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

बिद्यालयको वार्षिक उत्सवको अवसरमा बिद्यार्थीहरुले बिभिन्न ८ वटा स्टलमा बिषयगत शैक्षिक सामाग्रीहरुको प्रदर्शन गरेका थिए । शैक्षिक प्रदर्शनीको प्रमुख अतिथी दिनेस लामाले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । विद्यालयका प्र.अ. रामसरण सिग्देलले विद्यालयको वार्षिक प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि दिनेस लामाले स्थापनाको समयदेखि आजको दिनसम्म आईपुग्दा यस बिद्यालयले धेरै प्रतिभावान बिद्यार्थीहरुको उत्पादन गरेको बताउनुभयो । विद्यार्थीहरू देशको भविष्य हुने उहाँको भनाई छ । तसर्थ अध्ययनमा लगनशील भएर आफ्नो लक्ष्य प्राप्त गर्नतर्फ अघि बढ्न आग्रह गर्नुभयो । शिक्षकहरूको अथक प्रयासले यस दिद्यालयका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ डोर्याएको बताउनुहुदै प्रशंसा गर्नुभयो ।

यस विद्यालयले शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र विद्यार्थीहरूले विभिन्न क्षेत्रमा गरेका उपलब्धिहरूले गौरवान्वित बनाएको बताउनुभयो । बिद्यालयको उन्नति प्रगतिको लागि आगामि दिनहरुमा पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुहुदै बिद्यालय र बिद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

त्यसैगरी वडा नं. ७ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक अशोक कुमार गौतमले यस बिद्यालयलाई नमुना बिद्यालय बनाउन लागिपरेको बताउनुभयो । बिद्यालयमा कोठाहरु अपुग रहेको समस्या समाधानका लागि जग्गा ब्यवस्थापनको काम भईरहेको बताउनुभयो ।

विद्यालयको ५२ औं वार्षिक उत्सवको अवसरमा आज ३,८०,१०० रुपैयाको विद्यालय बस सञ्चालन कोषको समेत स्थापना गरिएको छ । जसमा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिनेश लामाले ३०,००० सहयोग गर्नुभएको छ । त्यसैगरी लमिन÷पाल्देन तामाङ् – रु. १,००,०००, रामकुमार श्रेष्ठ – रु.३०,०००।–, तिलकुमार श्रेष्ठ – रु. २५,०००।–, अशोक कुमार गौतम – रु.२०,०००।–, गौरब लामा – रु. २०,०००।–, प्रमोद उप्रेति – रु. २०,०००।–, शारदा सिग्देलले – रु.२०,०००।–रकम सहयोग गरेका छन् ।

यस्तै कृष्ण प्रसाद न्यौपानेले – रु. १०,०००।–, रेवती उप्रेति – रु. १०,०००।–, ज्ञानबहादुर तामाङ – रु. १०,०००।–, कान्छा गौतम – रु. १०,०००।–, हरि प्रसाद गौतम – रु. १०,०००।–, जगत बहादुर लामा – रु. १०,०००।–, नारायण प्रसाद गौतम – रु. १०,०००।–, राम गोपाल तिवारी – रु. ९,०००।–, साबित्रा गौतमले (स्व.सजन न्यौपाने) – रु. ६,०००।– रकम सहयोग गरेका छन् ।

यसैगरी, एकलक्ष्मी गौतम – रु. ५,१००।–, सानुमाया लामा – रु. ५,०००।–, सपनाकुमारी श्रेष्ठ – रु. ५,०००।–, कान्छिमाया लामा – रु. ५,०००।–, योगेन्द्र प्रसाद यादव – रु. ५,०००।– र लोकनाथ गौतमले – रु. ५,०००।– रकम सहयोग गरेका छन् ।

कार्यक्रमको अवसरमा बिद्यालयमा सञ्चालन गरिएकोे खेलकुद सप्ताह २०८१ पौष २१,२२ र २३ को बिजेता बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम बिद्यालयका शिक्षकद्धय कान्छा गौतम र चुडामणी भट्टराईले सञ्चालन गरेका थिए । त्यस्तै बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा वि.व्य.स. अध्यक्ष रामकुमार श्रेष्ठ, रोशी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक श्री अशोक कुमार गौतम, रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, इ.प्र.का. मंगलटारका प्रहरी निरिक्षक कृष्ण गिरी, रोशी मा.वि. पूर्व विद्यार्थी मञ्च अध्यक्ष राजेन्द्र बहादुर लामा, प्रहरी चौकी कटुञ्जेबेंशीका इन्चार्ज श्री सुरज घलान, बिभिन्न छिमेकि बिद्यालयहरुका शिक्षकहरु, रोशी मा.वि. शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थ बहादुर लामा , नेपाल राष्ट्र शिक्षक सँगठन रोशीका अध्यक्ष तीर्थ राज थिङ लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।

Previous Post

काभ्रे जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण

Next Post

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको अध्यक्षमा पुनः ईन्द्र बहादुर थापा

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको अध्यक्षमा पुनः ईन्द्र बहादुर थापा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको अध्यक्षमा पुनः ईन्द्र बहादुर थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध वडा नं २ का महिलाहरुलाई ३ महिने आधारभुत सिलाई कटाई तालिम

नमोबुद्ध वडा नं २ का महिलाहरुलाई ३ महिने आधारभुत सिलाई कटाई तालिम

मङ्लबार, माघ १०, २०७९
काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण

काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण

बिहिबार, जेष्ठ ३१, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.