बैशाख २२,
२०७८,काभ्रे/

कोरोना पुष्टि हुने दर बढ्ने क्रमले पछिल्ला रेकर्ड तोडिरहँदा आज पनि काभ्रे जिल्लामा अत्याधिक मात्रामा संक्रमण पुष्टि भएको छ । आज (बुधबार) १ सय ५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । १६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बनेपामा मात्र ८५ जना संक्रमित थपिएका छन् । उनका अनुसार धुलिखेल नगरपालिकामा १९, पनौती नगरपालिकामा १५, पाँचखाल नगरपालिकामा १३, मण्डनदुउपुर नगरपालिकामा ५, नमोबुद्ध नगरपालिकामा ४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै रोशी गाउँपालिकामा ७, चौंरीदेउराली गाउँपालिकामा ३, बेथानचोक गाउँपाकिलामा ४, तेमाल गाउँपालिकामा २ र भुम्लु गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा कुल कोरोनाका संक्रमित संख्या ४ हजार २ सय २७ पुगेको छ । सक्रिय संक्रमित संख्या ७ सय ६८ पुगेको छ । जस मध्ये अस्पताल आइसोलेशनमा २५ जना र होम आइसोलेशनमा ७ सय ४३ जना रहेको डा. झाले जानकारी दिए । आज १६ जना संक्रमण मुक्त भएको कार्यलयले जनाएको छ ।

यस्तै आज ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत रहेका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धुलिखेलका ७१ वर्षिय महिला, बनेपाका ४२ वर्षिय पुरुष, भक्तपुरका २६ वर्षिय महिला र धनगडीका ६० वर्षिय पुरुष रहेका छन् । यससँगै काभ्रे जिल्लामा मृत्यु हुनेको संख्या ८२ पुगेको छ । जसमध्य ५६ जना काभ्रे जिल्लाका र २६ जना काभ्रे बाहिरका रहेका छन् ।

Facebook Comments Box