यश कुमार परियार–जेठ २,
२०७८,काभ्रे/

जिल्लाको चौँरी देउराली गाउँपालिकाका कोरोना संक्रमितले पालिकाले स्थापना गरेको आईसोलेसनमा बस्दा दैनिक रुपमा शुल्क तिनुपर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महान दास लामाले कोरोना संक्रमितले आईसोलेसनमा बस्दा शुल्क तिर्नुपर्ने कुरा पुष्टि गरेका छन् । उनका अनुसार संक्रमितले आईसोलसनमा बस्दा अक्सिजन, आवश्यक औषधि र सेवा सुबिधा बापत दिनको रु २ हजार रुपौँया लिईने रोशीलाई बताएका छन् ।

गाउँपालिकाले १८ बेडको आईसोलेसन तयारी अवस्थामा राखेको छ । गाउँपालिकामा आईतबार सम्म २१ जना कोरोनाका संक्रमित छन् । जसमा ४ जना आईसोलेसनमा रहेको लामाले जानकारी दिए । अन्य १७ जना संक्रमित भने घरमै सेल्फ आईसोलेसनमा बसेका छन् । गाउँपालिकाका विभिन्न स्थानमा ज्वरो आउने बिरामी रहेको र कोभिडको डरले स्वाव जाँच गर्न नआएको पनि प्रमुख प्रशासकिय अधिकृत महान दास लामाले बताए । यो नियम सबै नागरिकलाई लागु हुने उनले बताए ।

Facebook Comments Box