Sunday, May 10, 2026
Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

RadioRoshi by RadioRoshi
शुक्रबार, जेष्ठ १७, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर
0
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमार्ग आयोजनालाई अघि बढाउने घोषणा गरिएको छ । बजेट मन्तव्यमा पौडेलले काभ्रेपलाञ्चोकअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनालाई बजेट विनियोजन गरिएको घोषणा गर्नुभयो ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दोलालघाटबाट दोलखाको शैलुङ्ग गाउँपालिका–७ को चर्नावतीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रेपलाञ्चोकको दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने घोषणा गर्नुभएको हो । यससँगै जिल्लामा सुरु भएका दीर्घकालीन महत्वका योजनाहरू बजेटको प्राथमिकतामा परेको जनाइएको छ ।

बजेट वक्तव्यमा जिल्लामा निर्माण भएको सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गरिने उल्लेख छ । यस्तै मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम अघि बढाउने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै धुलिखेल अस्पताललाई सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

मदन भण्डारी विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने ‘मास्टर प्लान’ निर्माण सम्पन्न भइसकेको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिका अनुसार निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारीमा रहेको छ ।

तत्कालीन नेकपा नेतृत्वको सरकारले ‘मदन भण्डारी विश्वविद्यालय विधेयक–२०७६’ गत असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बाट पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि थप बाटो खुलेको थियो । तत्कालीन सरकारका अर्थमन्त्री पौडेलले २०७६ सालको बजेटमा उक्त विश्वविद्यालय निर्माणका लागि रु एक अर्ब ५५ करोड बजेट विनियोजन गर्नुभएको थियो ।

उक्त विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ । विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखाल नगरपालिकासहित नमोबुद्ध नगरको केही वडा समेटिएको हो ।

विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब ११ हजार रोपनी सार्वजनिक जग्गा जिल्ला मालपोत कार्यालय धुलिखेलमार्फत अधिग्रहणको काम गत साल नै सकिएको थियो । कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नम्बर वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण) भइसकेको हो ।

उक्त जमिनमा शिक्षण, मेडिकल कलेज र अस्पतालका आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक–विद्यार्थीका होस्टेल, हेलिप्याड, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ । तत्कालीन मन्त्रीपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको थियो ।

सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित गरेको थियो । सोहीअनुसार २०७६ मङ्सिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो ।

चिनियाँ सरकारको तत्कालीन भ्रमणका क्रममा सो विश्वविद्यालय निर्माणार्थ सहयोग गर्न इच्छुक देखाएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ अक्टोबरमा भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको तत्कालीन नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो ।–राजकुमार पराजुली÷रासस

Previous Post

रोशीको भदौरे स्थित एक घरमा आगलागी

Next Post

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

रेडियो रोशीका कार्यक्रम प्रस्तोता तिर्थराज थिङ ‘फस्ट एडर अवार्ड २०२४’ द्धारा सम्मानित

रेडियो रोशीका कार्यक्रम प्रस्तोता तिर्थराज थिङ ‘फस्ट एडर अवार्ड २०२४’ द्धारा सम्मानित

शुक्रबार, फाल्गुन ४, २०८०
दिवङ्गत पितृको सम्मानमा देशभरका शिवालयमा शतबीज छरिँदै

पितृको सम्मानमा आज देशभरका शिवालयमा शतबीज छरिँदै

सोमवार, मंसिर २५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.