काभ्रे,रेडियो रोशी,
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा रोशी गाउँपालिकाले शुभकामना आदानप्रदान गर्दै तिज विशेष साँस्कृतिक कार्यक्रम भब्य रुपमा मनाएको छ । आज गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) को अध्यक्षतामा तिज विशेष साँस्कृतिक कार्यक्रम मनाईएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समाजको विभिन्न जातजातिको संस्कार संस्कृति गाउँपालिकाले संरक्षण गर्दैआएको बताउनुभयो । उहाँले तीज भड्कीलो तरिकाले नभएर मौलिक संस्कृतिलाई संरक्षण गर्दै मनाउनुपर्नेमा जोड दिनुहुदै आउदै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको सम्पुर्णमा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पालिकाका महिला कर्मचारीहरुको समुह र रोशी माध्यामिक बिद्यालयका छात्राहरुको समुहले तिज पर्वको मौलिकता झल्कने नृत्य प्रस्तुत गरेका थिए भने रोशी ६ र ७ का महिला समुहले तिज पर्व सम्बन्धि गित प्रस्तुत गरेका थिए । त्यैगगरी विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपाल नमोबुद्धका खेलाडिहरुले महिला आत्मरक्षा सम्बन्धी डेमो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तना, वडा नं.६ का वडा अध्यक्ष नारायण बहादुर शिवाकोटी, कार्यपालिका सदस्यहरु रिता कोईराला, बिनिता तामाङ, सुनिता लामगादे, लक्ष्मी तामाङ, महिला जनप्रतिनिधिहरु, महिला कर्मचारीहरु, बिभिन्न बिद्यालयका महिला शिक्षकहरु, सुरक्षाकर्मी , स्थानीय महिलाहरू लगायतको सहभागिता रहेको थियो ।