काभ्रे,
तीन दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने कार्य धमाधम भइरहेको छ । काभ्रे जिल्लाको रोशी–८ चारसयबेशी र रोशी–१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
चारसयबेशीमा सडक माथिबाट निरन्तर सुख्खा पहिरो आइरहेकोले डाइभर्सन बनाएर यातायात खुलाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो । रोशी गाउँपालिका भित्रका विभिन्न सडकको लेदो र पहिरो पन्छाइसकेको भएपनि राजमार्गको चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकोले यातायात सञ्चालनमा रोक लगाएको हो ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौं र पूर्वी नेपाल आवतजावत गर्ने यात्रुहरूलाई सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
बिहीबारदेखि परेको अविरल बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाकोे चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतको स्थानहरूमा ढुङ्गा खस्ने लेदो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको थियो ।













