काभ्रे,
जुवातास खेलिरहेको अवस्थामा तेमालका अर्जुन सहित ५ जना कालधारा बाट पक्राउ परेका छन । काठमाडौं महानगरपालिका–१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ ढल्कु बस्ने काभ्रे तेमाल गाउँपालिका वडा नं ४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ सहित ५ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।