Friday, January 23, 2026
Date
शनि, माघ ११, २०८२
Sat, January 24, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पालिकाकै स्रोतबाट पक्की सडक

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज २३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
पालिकाकै स्रोतबाट पक्की सडक
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे जिल्लाका स्थानीय तहहरूले आफ्नै स्रोतबाट सडक कालोपत्रे गर्न थालेका छन्। सडक कालोपत्रे गर्न बजेट बढी लाग्ने हुनाले स्थानीय तहहरूले कालोपत्रे गर्न नसकेको अवस्थामा बेथानचोक गाउँपालिका र रोशी गाउँपालिकाले आफ्नै स्रोतबाट सडक कालोपत्रे गरेका हुन्।

बेथानचोक गाउँपालिकाले सात किलोमिटर र रोशी गाउँपालिकाले दुई किलोमिटर आफ्नै स्रोतबाट कालोपत्रे गरेका हुन्।

You might also like

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बम
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी निर्वाचनपश्चात् पहिलो निर्णयमा हरेक वर्ष कम्तीमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने निर्णय गरेका थिए। सोही निर्णयअनुसार आर्थिक वर्ष ०७९÷८० मा सात किलोमिटर सडक कालोपत्रे तथा ढलान गरेका छन्।

बेथानचोक गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख तथा इन्जिनियर ज्ञानबहादुर तिमल्सिनाका अनुसार आर्थिक वर्ष ०७९÷८० मा साढे दुई किलोमिटर सडक कालोपत्रे र साढे चार किलोमिटर सडक ढलान गरेको छ।

पाटीखर्क–चलालगणेस्थान–आलुबारीपाटी–मुसी खोल्सा सडक स्तरोन्नतिका लागि नौ करोड अनुमान गरेकोमा साढे पाँच करोडमा सम्झौता भई कार्य सम्पन्न भएको तिमल्सिनाले जानकारी दिए।

घिसिङ÷जोशी जी जेभी निर्माण कम्पनीले ठेक्का पारेर सम्झौता गरेका थिए। सो निर्माण कम्पनीले २.५ किलोमिटर सडक कालोपत्रे गरेका छन् भने १.५ किलोमिटर ढलान गरेका थिए।

त्यस्तै, वडा नं. १ मा करिब दुई सय मिटर ढलान, वडा नं. २ मा करिब तीन सय मिटर ढलान, वडा नं. ३ मा सात सय मिटर ढलान र वडा नं. ४ मा तीन सय मिटर ढलान गरी आर्थिक वर्ष ०७९÷८० मा ७ किलोमिटर सडक पक्की बनाएका छन्।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पहिलो निर्णयअनुसार पक्की सडक निर्माणका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।

गत आर्थिक वर्षमा सफलतापूर्वक लक्ष्य पूरा भएको र यस आर्थिक वर्ष ०८०÷८१ मा पनि गाउँपालिकाले पक्की सडक निर्माणका लागि ६ करोड रकम विनियोजन गरेको अधिकारीले बताए। यस वर्ष प्रत्येक वडाको स्थानीय बजारमा पक्की सडक निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।

त्यस्तै, रोशी गाउँपालिकाले पनि साढे एक किलोमिटर सडक पक्की बनाएको छ। आर्थिक वर्ष ०७९÷८० मा बिपी राजमार्गदेखि गाउँपालिका प्रशासनिक भवनसम्म करिब पाँच सय ५८ मिटर सडक गाउँपालिकाकै स्रोतबाट कालोपत्रे गरेको हो।

गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर भूपेन्द्र अधिकारीका अनुसार ७५ लाख लागत अनुमान गरेकोमा युनिक बिल्डर्स प्रालिले ५३ लाख ७१ हजारमा सम्झौता गरी सम्पन्न गरेको हो।

त्यसरी नै रोशी चौकीडाँडा–खहरेपाँगु सडकअन्तर्गत रोशी पुलदेखि पोटाखोलासम्म पाँच सय मिटर सडक पनि पिच भएको छ। भूमिडाँडा निर्माण सेवाले एक करोड ४० लाखमा सम्झौता गरी सडक पिच सम्पन्न गरेका छन्।

रोशी गाउँपालिकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको भए पनि भौतिक पूर्वाधारको कामलाई पनि सँगसँगै लगेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। चालू आर्थिक वर्षमा पनि त्यसरी नै काम गर्ने उनको भनाइ छ।

Previous Post

रोशीद्वारा प्रहरीलाई बिपद सामग्री हस्तान्तरण

Next Post

स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
Next Post
स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो

स्वदेश फर्काउन सरकारले ढिलाई गरिरहेको विद्यार्थीहरुको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

मङ्लबार, कार्तिक १, २०७९
रोशीमा बिषयगत शिक्षकसहितको शिक्षा शाखाको बैठक सम्पन्न

रोशीमा बिषयगत शिक्षकसहितको शिक्षा शाखाको बैठक सम्पन्न

बुधबार, साउन ३१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.