Saturday, May 10, 2025
Date
शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

‘जनताको साथमा कांग्रेस’ अभियान

RadioRoshi by RadioRoshi
शनिबार, भदौ ११, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर
0
‘जनताको साथमा कांग्रेस’ अभियान
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अभियानको नामः‘जनताको साथमा कांग्रेस’ अभियान
अभियानको समयावधि ः
 पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म ।
 दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि ।
 तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि ।
अभियानको उद्देश्यः
१) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने ।
२) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।
३) कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने ।
४) निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।

You might also like

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

अभियानका लागि केन्द्रीय एवं अन्य तहका प्रतिनिधिहरू
 अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएकाछन् ।
 ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने छन् ।
केन्द्रीय प्रतिनिधिको ७ जिम्मेवारी
अभियान शुरु हुनुभन्दा २ दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्नु हुनेछ र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रम बारे छलफल गरी निम्न कार्यमा सरिक रहनु हुनेछ ।
१) पन्ध्र दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तिमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनु हुनेछ ।
२) जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेश सभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागी रहनेछ ।
३) एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशन÷महासमिति÷प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेदहरु भुलेर ऐक्यवद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपील गर्नु हुनेछ ।
४) गठबन्धनमा रहेका दलहरु बिच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरि थप सहज बन्न ÷ बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्नु हुनेछ ।
५) निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपुर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपील गर्नुहुनेछ ।
६) अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र संगठित रुपले कार्यान्वयन गर्न÷गराउन जिल्ला समिति एवं मातहतका समितिहरुलाई सहजीकरण गराउनु हुनेछ ।
७) पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोहि कसैबाट भएको थियो, अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोहि कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्ने ।

अभियानमाप्रदेश कार्यसमितिहरूको भूमिका
क) अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सातवटै प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
ख) प्रदेश कार्यसमितिले आफ्नो प्रदेश भित्रका सबै प्रदेश सभा क्षेत्रमा प्रतिनिधि खटाउने
छन् ।
ग) प्रदेशबाट खटिने प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र जिल्ला सभापतिसँग समन्वय गरेर प्रदेशसभा भित्रका कार्यक्रमहरु प्रभावकारी र सफल बनाउन प्रदेश क्षेत्रीय सभापति र कार्यसमितिलाई सहजीकरण र सहयोग गर्नेछन् ।
घ) प्रदेश कार्यसमितिले आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नेछ ।
ङ) प्रदेश कार्यसमितिले आफ्नो प्रदेशको अनुकूलता र अपेक्षा अनुरुप अभियानका लागि थप कार्यक्रम तर्जुमा गर्न सक्नेछ ।

अभियानमा जिल्ला कार्यसमितिको भूमिका
१) आफ्नो जिल्लाभित्र अभियानको समग्र समन्वय, अनुगमन र नेतृत्व जिल्ला कार्यसमितिले गर्नेछ ।
२) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक सफल बनाउन जिल्ला कार्यसमितिले हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिती र पालिका समितीसंग आवश्यक समन्वय गर्नेछ ।
३) जिल्लाभरका सबै गाउँ–नगरपालिकामा जिल्लाको प्रतिनिधि खटाउनेछ । यसरी खटिएका प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिसंग समन्वय गर्नेछन् र अभियान भरी तत्–तत् गाउँ–नगरपालिकामा क्रियाशील रहनेछन्, विभिन्न वडा एवं टोलका कार्यक्रम र अभियानमा सहभागी हुनेछन् ।
४) जिल्ला कार्यसमितिले अभियानलाई सफल बनाउन आफु अन्तर्गतका सबै तह एवं भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्नेछ ।

अभियानमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको भूमिका
१) केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको उपस्थितिमा जिल्ला कार्यसमितिसंग समन्वय र गाउँ–नगरसमितिसंगको सहकार्यमा क्षेत्रीय कार्यसमितिले अभियानको कार्ययोजना तयार गर्नेछ ।
२) आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरूलाई सम्बन्धित वडाभन्दा फरक–फरक वडामा प्रतिनिधि खटाइ परिचालन गर्नेछ । यसरी खटिएका प्रतिनिधिले गाउँ–नगर कार्यसमितिसंग समन्वय गरी वडा कार्यसमितिसंगको सहकार्यमा टोल–टोलको कार्यक्रम तय गर्नेछन् र अभियानभर वडाका अभियानमा क्रियाशील रहनेछन् ।
३) प्रदेश क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय समितिसँगको समन्वय र आफ्नो नेतृत्वमा आफ्नो प्रदेश क्षेत्र भित्रको अभियानलाई प्रभावकारी बनाउन समुहमा बाँडिएर भुमिका निर्वाह गर्नेछन् ।

अभियानमा पालिका कार्यसमितिहरूको भूमिका
१) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने ।
२) क्षेत्रीय कार्यसमितिले खटाएको प्रतिनिधिसंगको समन्वयमा टोलसम्म अभियान प्रभावकारी बनाउन वडा कार्यसमितिसंग समन्वय गरी हरेक टोलमा प्रतिनिधि खटाउने ।
३) अभियानकै क्रममा वडा टोलका कार्यक्रमका साथै पालिका कार्यसमितिले पालिका स्तरीय एउटा सार्वजनिक कार्यक्रमको संयोजन गर्ने ।
४) अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यम मार्फत व्यापक प्रचार गर्ने । त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने ।

अभियान केन्द्रीकृत नभई विकेन्द्रीत गरिने
क) उद्घाटन कार्यक्रम ः
 भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरुपमा गरिने छन् । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर कहिँ जिल्ला स्तरीय रुपमा, कहिँ जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिनेछ ।
 उद्घाटन समारोह मार्फत अभियानको उद्देश्य बारे सार्वजनिक प्रकाश गरिनेछ ।
ख) हरेक स्थानीय तह, हरेक वडा र हरेक टोलमा कार्यक्रम ः
 गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिका स्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मुलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिनेछ ।
टोल केन्द्रित अभियानको प्रारुप
१) नेपाली कांग्रेसको विधानको धारा (५) ले टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित वढीमा १५ जना रहने व्यवस्था गरेको छ । विधान बमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानको क्रममा टोल समितिलाई पूर्णता दिनुपर्नेछ ।
२) कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्नेछ ।
३) टोल कार्यसमिति भित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँड यस विचमा टुंगो गर्नु पर्नेछ ।
४) टोल कार्यसमितिको बैठक नियमित रुपले निश्चित समयमा बस्ने टुंगो गराई त्यसको शुरुवात गर्नुपर्नेछ । बैठकको निर्णय वडामा पठाउने व्यवस्था मिलाउनु पर्नेछ ।
५) टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसंगको समन्वयमा गाउँ–नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउनेछ ।
६) अभियानका क्रममा टोलभित्र टोल कार्यसमितिकै ब्यानरमा कम्तिमा एउटा राजनीतिक कार्यक्रम, कम्तिमा एउटा सामाजिक कार्यक्रम, कम्तिमा एउटा मतदाता संवाद (जसमा विशेषगरी नयाँ मतदाताका कुरा सुन्ने कार्यक्रम), एउटा विकास संवाद (विकास निर्माणका बारेमा छलफल गर्ने), एउटा युवा संवाद (युवा मुद्दाका विषयमा सुन्ने), एउटा महिला संवाद (महिला समुहहरूसंग महिलाका मुद्दाका वारेमा सुन्ने), एउटा दलित समुदाय संवाद (दलित समुदाय र सामाजिक मुद्दावारे छलफल गर्ने) र एउटा क्रियाशील सदस्यहरूसंग संवाद (पार्टीको सांगठनिक अबस्था विष्लेषण गर्ने) लगायतका कार्यक्रम गर्नुपर्नेछ ।
७) कांग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्’, नागरिक पंक्तिबाट सुझाव लिने । कार्यक्रममा आफै बोल्ने भन्दा पनि अन्तरक्रिया गर्ने र जनताका कुरा सुन्ने हुनुपर्नेछ । सकेसम्म जनताकै आगनमा छलफल गर्ने प्रबन्ध मिलाउनु पर्नेछ ।
८) अभियानका क्रममा ‘ज्येष्ठ नागरिक सम्मान’ देखि ‘उत्कृष्ट कार्यको सम्मान कार्यक्रम’ सम्म । समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्यमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान गर्ने ।
९) अभियानका दौरान टोलमा संचालन हुने विभिन्न सामाजिक काममा सक्रिय रहने । सामाजिक विकृतिका विरुद्ध अग्रसरता लिने ।
१०) टोलभित्रको घरधुरी संख्या, घर मुली र परिवारका सदस्य, पेसा व्यवसाय, नेपालभित्र विभिन्न जिल्ला र बाहिर रोजगारीको शिलशिलामा गएको भए सो को विवरण लगायत टोलको विस्तृत विवरण संकलन गर्ने । बाहिर रहेका मतदातासंग सम्पर्क र समन्वय गर्न कार्यसमितिको एक जना सदस्यलाई जिम्मेवारी प्रदान गर्ने र आवश्यकता अनुसार सम्पर्क समन्वय गर्ने ।
११) टोलभित्रका कांग्रेस सदस्यहरूको विवरण, मतदाताको विवरण, नयाँ मतदाताको अद्यावद्यिक विवरण राखी उनीहरूको घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्ने, पार्टीका गतिविधिबारे जानकारी दिने। मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने ।
१२) राष्ट्रिय राजनीतिमा पार्टीले लिएका अडान र एजेण्डाबारे टोलवासीलाई सु–सूचित गर्ने, भ्रम निवारण गर्ने ।
१३) टोल कार्यसमितिका सदस्यलाई निश्चित घर र मतदाता संख्या वाँडफाँड गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःख सुःखमा सामेल हुने लगायतको जिम्मेवारी दिने ।

अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरूको भूमिका
१) केन्द्रीय समिति कृयाशिल रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने ।
२) कतिपय भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ती संघ अन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने ।
३) भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने ।
अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरूको भूमिका
१) सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने ।
२) पार्टीको जिल्ला समितिसँग समन्वय गरेर प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र एवं पालिका तहसम्मको सम्पर्क समिति अभियान क्रममा विस्तार गर्ने ।
३) राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिक बीच सम्पर्कमा पुग्ने । विवरण संकलन गर्ने ।

अभियानमा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूको जिम्मेवारी
१) विदेश स्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरूलाई मातृभूमिमा हुन लागेको चुनावमा आ–आफ्नो क्षेत्रमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउने ।
२) सामाजिक सञ्जाल मार्फत अभियानलाई बल पु¥याउने ।

अभियानको अनुगमन
अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ती समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् ।

प्रथम चरणको समापन कार्यक्रम
भदौ २४ गते वीपी जयन्तीका दिन अभियानको पहिलो चरणको समापन कार्यक्रम जिल्लाले निर्धारित गरे बमोजिम केन्द्रीकृत रुपमा अथवा विभिन्न तहमा विकेन्द्रीत ढंगले विभिन्न कार्यक्रमका साथ हुनेछ ।

काभ्रे जिल्लामा ‘जनताको साथमा कांग्रेस’ अभियान
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको मिति २०७९ भाद्र ८ गते बसेको पदाधिकारी बैठक र २०७९ भाद्र १० गते बसेको जिल्ला कार्यसमिति बैठकले यो अभियानलाई प्रभावकारी रुपमाा सञ्चालन, अनुगमन र नेतृत्व गर्ने निश्चित गरेको छ । बैठकले केन्द्रको परिपत्रमा उल्लेख गरे अनुसारको कार्यसम्पन्न गर्न कार्ययोजना र कार्य जिम्मेवारी निर्धारण गरेको छ ।

कार्ययोजना
१. भाद्र १० गते जिल्ला स्तरमा ‘जनताको साथमा कांग्रेस’ अभियाना सुभारम्भ गर्ने ।
२. १३ वटा पालिका र १३५ वटा वडामा जिल्ला प्रतिनिधिहरु खटाउने ।
३. अभियानको उदेश्य अनुरुप भाद्र १२ गते भित्र २ वटा प्रतिनिधि सभा क्षेत्र स्तरीय एक सार्वजनिक कार्यक्रम आयोजना गर्ने ।
४. भाद्र १४ गते भित्रअभियानको उदेश्य अनुरुप ४ वटा प्रदेश सभा क्षेत्र स्तरीय सार्वजनिक कार्यक्रम आयोजना गर्ने ।
५. भाद्र १६ गते भित्र गाउँ तथा नगरपालिका स्तरमाा एक सार्वजनिक कार्यक्रम आयोजना गर्ने ।
६. भाद्र १७ गते देखि २१ गते सम्म वडा र टोल स्तरमा परिपत्रमा उल्लेख भए अनुसारको कार्यक्रम आयोजना गर्ने ।
७. भाद्र २४ गते विपि जन्मजयन्तीको अवसरमा जिल्ला स्तरीय विशाल कार्यक्रमको बिच ‘जनताको साथमा कांग्रेस’ अभियान को पहिलो चरण समापन गर्ने

कार्य जिम्मेवारी
यो अभियानलाई प्रभावकारी सञ्चालन, समन्वय, अनुगमन र नेतृत्व प्रदान गर्नको लागि गाउँ तथा नगरपालिका स्तरमा जिल्ला प्रतिनिधि निम्न अनुसार तोएिको छ ।
१. तीर्थ लामा – पनौती नगरपालिका
२. ठाकुर प्रसाद न्यौपाने– पाँचखाल नगरपालिका
३. रमेश प्रसाद हुमागाई – नमोबुद्ध नगरपालिका
४. गुणराज मुक्तान – तेमाल गाउँपालिका
५. माधव ढकाल – बेथानचोक गाउँपालिका
६. समिर व्यञ्जु – चौरीदेउराली गाउँपालिका
७. रविन्द्रनाथ सिग्देल – खानीखोला गाउँपालिका
८. जगन्नाथ गिरि – महाभारत गाउँपालिका
९. अच्यूत प्र पौडेल – भुम्लु गाउँपालिका
१०. प्रचण्डराज प्रधान– बनेपा नगरपालिका
११. सुन्दरमणी आचार्य – धुलिखेल नगरपालिका
१२. नारायण तिमल्सिना – मण्डनदेउपुर नगरपालिका
१३. रामकृष्ण हुमागाई –रोशी गाउँपालिका
त्यसैगरि जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र नेताहरुलाई १३५ वडामा जिल्ला प्रतिनिधिको रुपमा खटाएको छ ।

जिल्ला स्तरमा अनुगमनको लागि ९ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
१. तीर्थ लामा – संयोजक
२. ठाकुर प्रसाद न्यौपाने– सदस्य
३. रमेश प्रसाद हुमागाई – सदस्य
४. गुणराज मुक्तान – सदस्य
५. माधव ढकाल – सदस्य
६. समिर व्यञ्जु – सदस्य
७. रविन्द्रनाथ सिग्देल – सदस्य
८. जगन्नाथ गिरि – सदस्य
९. अच्यूत प्र पौडेल – सदस्य

प्रचार प्रसार
जिल्ला प्रचार प्रसार शाखाले गाउँ तथा नगरपालिका स्तर सम्म प्रचार टिम निर्माण गरि जनताको साथमा कांग्रेस’ अभियान को प्रचार प्रसार गर्ने, सञ्चार क्षेत्र सँग समन्वय गर्ने निश्चित गरिएको छ ।

गुणराज मुक्तान
सचिव,नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काभ्रे

Previous Post

काभ्रेमा नेपाली कांग्रेसकोे ‘जनताको साथमा कांग्रेस’ अभियान आजबाट बनेपामा सुरु

Next Post

पाल्देन फाउण्डेसनद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

by RadioRoshi
बिहिबार, बैशाख १८, २०८२
सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ
Roshi Khabar E-Paper

सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
Next Post
पाल्देन फाउण्डेसनद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी  सामग्री बितरण

पाल्देन फाउण्डेसनद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक सम्पन्न , यस्ता छन् निर्णयहरु

रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक सम्पन्न , यस्ता छन् निर्णयहरु

आइतवार, कार्तिक २७, २०७९
धुलिखेल अस्पताल र महोत्तरीको बर्दिबास अस्पतालबीच १० बुँदे सहकार्य सम्झौता

धुलिखेल अस्पताल र महोत्तरीको बर्दिबास अस्पतालबीच १० बुँदे सहकार्य सम्झौता

बिहिबार, भदौ २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

बिहिबार, बैशाख १८, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.