काभ्रे,
हरितालिका तीजको अवसरमा नेपाली कांग्रेस काभ्रेले साँस्कृतिक कार्यक्रमसहित तीज विशेष कार्यक्रम गर्ने भएको छ । कांग्रेस काभ्रेले भदौ १६ गते बनेपामा ख्यातिप्राप्त, चर्चित कलाकारहरूको साथमा तीज पर्व मनाउन लागेको हो ।
जिल्ला कार्यसमितिको बैठकले पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध महिला दिदिबहिनी एवं जनप्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम गर्ने निर्णय गरेको सचिव गुणराज मुक्तानले जानकारी दिनुभयो । नेपाली कांग्रेस काभ्रेले कार्यक्रममा सहभागीताको लागि सम्पुर्णमा अनुरोध गरेको छ ।