काभ्रे,
भुम्लु गाउँपालिकाको दुई वटा स्वास्थ्य चौकीलाई रोटरी क्लब अफ बागमतीले स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाको भुम्लुटार स्वास्थ्य चौकी र सिम्थली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । रोटरी क्लब अफ धुलिखेलको पूर्व अध्यक्ष रन्जिब श्रेष्ठको समन्वयमा ५ वटा अक्सिमिटर,६ वटा इस्ट्रेचर, ५ वटा डिजिटल पेसर नाप्ने मेसिन, १ वटा ट्रोलि, १ वटा इलेक्ट्रिक थर्मो, १ माइक्रो पिपेट र १ ट्यूब होल्डर प्रदान गरिएको हो ।