रोशी गाउँपालिका स्थित वडा नं. १ ले आगामी आ. ब. ०८०÷०८१ लाई लक्षित गर्दै टोल टोल मै पुगेर योजना संकलन गरिने भएको छ । वडा कार्यालयले एक सूचना जारि गर्दै बजेट निर्माण गर्ने उदेश्यले वडा भित्र बसोबास गर्ने सम्पूर्ण नागरिक, बुद्धिजिवी, समाजसेवी, राजनीतिक ब्यक्तित्व, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुमा योजनालाई सल्लाह, सुझाव तथा राय पेश गर्न अनुरोध गरेको छ । संकलन भएको सल्लाह, सुझाव तथा राय कै आधारमा वडामा बजेट बिनियोजन हुने भएकोले वडाबासीलाई सहभागीताको लागि अनुरोध गरिएको वडा अध्यक्ष श्रीदास लामाले जानकारी गर्नु भएको छ । वडाबासीहरुको सल्लाह, सुझाव तथा रायबाट नै सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, पूर्वाधार निर्माण, कृषि तथा पशु कार्यक्रम, स्वास्थ्य कार्यक्रम तथा समग्र प्राथमिकताका योजनाहरु तयार गर्न सघाउ पुग्ने समेत विश्वासमा रहेको वडा अध्यक्ष लामाले बताउनु भयो । योजना संकलन यही जेठ २९ गते भित्र सम्पन्न हुनेछ ।