Tuesday, March 17, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

RadioRoshi by RadioRoshi
बुधबार, भदौ १३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित कटुञ्जे प्रहरी चौकीको नवर्निमित भवन उद्धाटन भएको छ । बुधबार एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणाले उद्घाटन गर्नुभएको हो ।
भवनको उद्घाटन गर्दै डिआईजी राणाले भवनसँगै सेवा गुणस्तरीय र विश्वसनीय बनाउन निर्देशन दिनुभयो । ‘प्रहरीले आफै असुविधामा बसिरहँदा पनि नागरिक प्रति उपलब्ध गराउनु पर्ने सेवामा कहिल्यै कमी र गुनासो गरेन’–डिआइजी राणाले भन्नुभयो–‘भवन र सुविधा सम्पन्न साधन श्रोत नहुँदा त गुणस्तरीय सेवा उपलब्ध गराएको नेपाल प्रहरीले भवन र साधन श्रोत पर्याप्त उपलब्ध हुँदा सेवाको गुणस्तरमा छलाङ मार्नु पर्छ ।’ अपराध न्यूनीकरण, दुर्घटना न्यूनीकरण कार्यक्रम निरन्तर जारी राख्न निर्देशन दिँदै डिआइजी राणाले एकीकृत गस्ती योजना २०८० प्रकाशन पछि प्रहरीले गर्ने गस्तीको प्रोटोकल र अवस्थामा केही परिवर्तन हुने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले प्रहरीले बोकेको नारा सत्यम, सेवक सुरक्षणलाई ब्यवहारत कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

You might also like

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

कटुञ्जे पछि कानपुर र बनेपाको साँगामा रहेको प्रहरी चौकी निर्माणको अन्तिम चरणमा रहेकाले समुद्धाघाटन गरी सेवा प्रभाव गर्न सकिने एसपी भाग्येन्द्र पुरुष ढकालले बताउनुभयो ।
सोही कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख एसएसपी किसन सिंह थापा, एसपी ईश्वर थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, रोशी गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष अशोककुमार गौतम लगायतले प्रहरी कार्यालयको भवनबाट गुणस्तरीय सेवा प्रभाव गर्न सहज भएको बताएका थिए ।
कार्यक्रममा प्रहरी चौकी निर्माणका लागि जग्गादान गर्ने जग्गादाता मानकुमारी गौतम र शिवनारायण श्रेष्ठ तथा निर्माण व्यवसायी राहुल कन्स्ट्रक्सन राहुल श्रेष्ठलाई सम्मान गरिएको थियो । प्रहरी चौकी भवन निर्माणका लागि गौतमले १ रोपनी ६ आना १ पैसा १ दाम र श्रेष्ठले १ रोपनी ४ आना ३ दाम १ पैसा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । २ रोपनी ११ आना क्षेत्रफलमा बनेको उक्त प्रहरी चौकी साढे २ तल्लाको छ ।
जसमा प्रहरी ब्यारेक महिला र पुरुषका लागि अलग अलग निर्माण गरिएको छ भने हिरासत पनि अलग अलग निर्माण गरिएको छ । शौचालय, भान्सा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरिएको बताइएको छ । उक्त भवन निर्माणका लागि विभिन्न चरणमा गरेर २ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । हाल रोशी गाउँपालिकाका चार वटा वडा हेर्ने जिम्मेवारी प्राप्त गरेको कटुञ्जे प्रहरी चौकी माओवादीको द्वन्द्वमा विस्थापित भई पछि पुर्न स्थापना भएको थियो ।

Previous Post

मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी सिर्जना

Next Post

जिल्लामा आत्महत्या न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया

RadioRoshi

RadioRoshi

Related Posts

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू
Roshi Khabar E-Paper

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

by RadioRoshi
मङ्लबार, चैत्र ३, २०८२
धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
Next Post
जिल्लामा आत्महत्या न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया

जिल्लामा आत्महत्या न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पनौती नगरपालिकामा प्रदेशस्तरको गुरुकुल स्कुल स्थापना

पनौती नगरपालिकामा प्रदेशस्तरको गुरुकुल स्कुल स्थापना

शुक्रबार, अशोज १४, २०७९
पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी

पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी

बिहिबार, कार्तिक ३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू
Roshi Khabar E-Paper

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

मङ्लबार, चैत्र ३, २०८२
धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.