काभ्रे,
पाँचखालको जंगलमा जलेको अवस्थामा मृत लाश फेला परेको बिषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । आज जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित विराजे खोल्सा जंगलमा तारले रुखमा बाधी प्रज्वलनशिल पदार्थ प्रयोग गरि आगो लगाएको अबस्थामा मृत लाश फेला परेको थियो । हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको हो । पाँचखाल जिरोकिलो–मेलम्ची सडक खण्डबाट करिब ५० मिटर तल खोल्सामा अन्दाजी २५ बर्षको मानिस जलेको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहनुभएका प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लाश अन्दाजी १५÷२० दिनको जस्तो सडे गलेको अबस्थामा रहेकोले शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । ती व्यक्तिको मुख र छातिमा फलामको तारले रुखमा बाधी आगो लगाएको अबस्थामा मृत लाश फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो ।