काभ्रे,
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने भएको छ । आजदेखि भारी वर्षा हुने सम्भावना कम रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहे पनि अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अ
ाज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।