काभ्रे,
काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा रड प्रहार गरी ५८ वर्षीय महिलाको विभत्सा हत्या भएको छ । हिजो दिउँसो तेमाल गाउँपालिका वडा नम्बर २ लमाागाउँ, काफलबोटकी ५८ वर्षीय साईली तामाङको छिमेकि मानध्वज तामाङले रड प्रहार गरेर विभत्सा ढंगबाट हत्या गरेका हुन् । ५६ वर्षीय मानध्वजलाई प्रहरीले पक्राउ गरेको छ । साईलीको शरीरको विभिन्न भागमा मानध्वजले अन्धधुन्ध रड प्रहार गरेको बताइएको छ । हत्या गर्नुको कारण अझै खुलेको छैन । यस बिषयमा थप अनुसन्धान भईरहेको छ ।