काभ्रे,
नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरूको विद्युत लाइन काट्न थालेको छ । उद्योगीलाई बक्यौता तिर्न दिएको तीन महिनाको समय हिजो सकिएसँगै प्राधिकरणले रातिदेखि नै उद्योगको बिजुली काट्न थालेको हो । प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । यो अवधिमा पनि रकम भुक्तानी नगर्ने उद्योगकोे बिजुली काटिएको प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको विद्युत लाइन काटेको छ ।