काभ्रे,रेडियो रोशी,
तेमाल गाउँपालिका वडा नम्बर ३ का १०४ घरधुरीलाई न्यानो सिरक बितरण गरीएको छ । आज वडा अध्यक्ष बिस्णु ब.तामाङ र तेमाल–६ निवासी समाजसेवी बिकास लामा (इलम) को पहल, एनआरएनए एनसिसि जर्मनी तथा मुस्कान सेवा नेपालको सहयोगमा गैर आवासीय नेपाली संघ मार्फत गत असोज दोस्रो साताको बाढीपहिरोको कारण पीडित बनेका तथा कमजोर आर्थिक स्थिति भएका १०४ घरधुरीलाई फाईबरको सिरक बितरण गरीएको हो ।
कार्यक्रममा एनआरएनए एनसिसि जर्मनी तथा मुस्कान सेवा नेपालका प्रतिनिधिहरु, वडाका समाजसेवी लगायतको सहभागिता रहेको थियो ।