काभ्रे,रेडियो रोशी,
काभ्रे जिल्लाको सामुदायिक रेडियो रेडियो रोशी आजबाट स्थापना भएको सातौँ बर्ष पुरा गरि ८औं बर्षमा प्रवेस गरेको छ । वि.स २०७५ बैशाख १ गतेबाट स्थापना भएको रेडियोले आफ्नो सफलतम ७औं वसन्त पार गरि ८ औँ वसन्तमा प्रवेश गरेको हो । यस रेडियोले निरन्तर रुपमा स्थानीय, राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरका समाचार, सूचना प्रशारण गर्दै नागरिकहरुलाई सुसुचित गर्दै आएको छ । दुर्गम क्षेत्रमा सुचनाको पहुँचबाट अलग रहेका आम नागरिकहरुलाई ताजा ,सहि र निष्पक्ष समाचार प्रवाह गर्ने उदेश्य बोकेर वि.स २०७५ बैशाख १ गतेबाट रेडियो सञ्चालन गरिएको थियो । पाँच सय वाट क्षमता रहेको यस रेडियो रोशी दैनिक १६ घण्टा प्रसारण हुँदै आएको छ ।
रोशी गाउँपालिकाको सहयोग तथा गैर सरकारी संस्था नाङ्साल एशोसिएसन नेपाल द्धारा संचालित रेडियो रोशी हालसम्म काभ्रे लगायत अन्य १७ वटा जिल्लाहरुमा प्रशारण हुदैँ आएको छ । छोटो समयमा पनि नागरिकहरु एवम् श्रोताहरुको मनमा छुट्टै स्थान बनाउन सफल भएको यस रेडियोले श्रोताहरुमाझ सुचनामुलक साथै मनोरन्जनका विभिन्न कार्यक्रमहरु प्रशासण गर्ने गरेको छ । प्राकृतिक बिपत्तिको समयमा सुचना तथा सञ्चारको माध्यमबाट यस रेडियोले नागरिकहरुमा जनचेतना जगाउन महत्वपुर्ण भुमिका निभाएको छ । वार्षिक उत्सवको अवसर पारेर रेडियोले आज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।